Shittalpati
अपाङ्गता डिजिटल परिचय पत्र

बुटवल, बुटवलमा अपाङ्गता भएकाहरुलाई डिजिटल प्रविधिबाट परिचय पत्रप्रदान गर्न शुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको लगत संकलन र सेवा प्रवाहलाई व्यवस्थित गर्न सफ्टवेयरमार्फत तथ्यांक संकलन गर्दै परिचय पत्र वितरण शुरु गरिएको हो ।

बुधबार बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले डिजिटल परिचय पत्र वितरण गरेर सेवाको शुभारम्भ गरेकी हुन् । उनले नगरलाई डिजिटल रुपमा अगाडि लैजाने र डिजिटल प्रविधिका कारण सेवाग्राहीलाई सहज हुने विश्वास व्यक्त गरिन् ।बुटवल उपमहानगरपालिकाबाट परिचय पत्र लिएका ९ सय ६४ जना रहेको र बाँकी रहेका भएका व्यक्तिहरुलाई नियमित रुपमा वितरण गर्ने सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख संगीता अर्यालले बताइन् । उनका अनुसार बुटवलमा क वर्गको रातो परिचय पत्र लिने ३ सय, ख वर्गको निलो ४ सय २५, ग वर्गको पहेलो २ सय १३ र घ वर्गको सेतो परिचय पत्र लिने २८ जना अपांगता भएका व्यक्तिहरु रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update