Shittalpati
राज्यका निर्देशक सिद्धान्त समिति सभापतिमा पाल्पाली सांसद गैरे निर्विरोध निर्वाचित

पाल्पा,पाल्पा क्षेत्र न. २ का संघीय सांसद तथा नेकपा एमालेका नेता ठाकुरप्रसाद गैरे संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । 

संघीय संसद्,राज्यका निर्देशक सिद्धान्त समितिको बिहीबार बसेको बैठकमा सभापतिमा निर्वाचनमा उनी  निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसकी नेत्री ईश्वरीदेवी न्यौपाने पनि निर्विरोध भएकी छन् । दुवै समितिमा १/१ जनाको मात्रै उम्मेदवारी परेको थियो । प्रतिनिधिसभा निर्वाचन भएको करिब डेढ वर्षपछि ती समितिका सभापति चयन गरिएको हो । 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update