Shittalpati
नेप्सेमा कीर्तिमान, हालसम्मकै उच्च

पाल्पा, सेयर कारोबार मापक नेप्से परिसूचकमा कीर्तिमान कायम भएको छ । कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेसँगै कीर्तिमान कायम भएको हो ।

 नेप्से ४३ दशमलव ०५ अंकले बढेको छ । साताको अन्तिम दिन नेप्से कारोबारमा रेकर्ड ब्रेक भएको हो । विहीबार मात्रै २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको छ ।

एक दशमलव ४५ प्रतिशतले बढेर तीन हजार विन्दुमा पुगेको छ ।  सो अवधिमा १ सय ६ कम्पनीको मूल्य बढ्यो भने १ सय ३६ कम्पनीको मूल्य घट्यो । एक कम्पनीको मूल्य स्थिर रह्यो ।

कुल ३ लाख ११ हजार ५३६ वटा करोबार हुँदा ६ करोड ८९ लाख ८० हजार कित्ता सेयर किनबेच भएको छ । पाँच उपसमूह घट्यो भने अन्य उपसमुह बढ्यो । सबैभन्दा बढी निर्जीवन बिमा १ सय ३४ दशमलव ३४ अंकले बढेको छ भने बैकिङ उपसमुह ९० दशमलव १८ अंकले बढ्यो । उत्पादन तथा प्रशोधन १ सय ४१ द्यशमलव ५७ अंकले घट्यो । फाइनान्स १ सय २१ दशमलव १८ अंक र जीवन बिमा १ सय ८ दशमलव ३५ अंकले घट्यो । बुटवल पावर कम्पनी, राष्ट्रिय बिमा कम्पनी र मोदी इनर्जी कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो । यस्तै, नेपाल फाइनान्स १०, विन्दबासिनी हाइड्रोपावर सात दशमलव २२, सुभम पावर सात दशमलव १०, मिड सोलु हाइड्रोपावर ६ दशमलव २८ र अप्पर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ६८ प्रतिशतले गुमाएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update