यतिखेर मुख्य दुई ठूला दलहरुको एकै ठाउँमा छन् । काँग्रेस र एमालेको नेतृत्वमा अहिले सरकार चलिरहेको छ । दुई दलको मिलेमतोमा सरकार बने पनि आमजनता भने सरकारप्रति उत्साहित छैनन् । जनता मात्र नभई त्यही दलका कार्यकर्ता समेत खुसी छैनन् । पहिलो त लुम्बिनी सरकारको विषयमा नेकपा एमाले भित्र खलबल भयो ।
सरकारको नेतृत्वको विषयलाई लिएर नेकपा एमालेको एउटा खेमा निरास छ । लुम्बिनीको नेतृत्वमा मात्र विवाद देखिएको होइन । मन्त्री मण्डलको सदस्यमा समेत एउटा खेमा खिन्न र निरास भयो । मुलतः यस्तो हुनु भनेको नेतृत्वको हैकमवाद हो । नेकपा एमाले भित्रको अन्तर द्वन्द्व बाहिर सडकमा आउँदैन । तर काँग्रेसको विवाद खोलाको पानी जस्तै छताछुल्ल हुन्छ । दुई दलको फरक यही हो ।
नेकपा एमालेले सामाजिक जीवनमा नैतिकता गुमाएका व्यक्तिहरुलाई सरकारमा पठाउने सवालमा बढी जिम्मेवारी देखियो । नेपाली काँग्रेसले त फौजदारी अभियोग लागेका तर भ्रष्ट इमान्दार व्यक्तिहरुलाई सरकारमा सामेल गराएको प्रकरण पार्टीको केन्द्रिय समितिको बैठकमा समेत जय जयकारको बहस भएको सबैलाई थाहा नहुन पनि सक्छ । नेतृत्वले मनमौजी गरेका कारण प्रमुख सचेतकले आफ्नो पदबाट राजीनामा गरेको कुरा सार्वजनिक भयो । यही विषयमा केन्द्रिय नेतृत्व मौन रहेको छ । लुम्बिनी सरकारमा सहभागी मध्ये हुन बादशाह कुर्मी उनी चेतनारायण आचार्यको मुख्य मन्त्रीको मण्डलमा सदस्य हुन । उनको विरुद्धमा एउटा महिला सदस्य अनसन बसेको विरुद्धमा काँग्रेस नेतृत्व अनविज्ञ नै छैन् । उनी गत निर्वाचनमा गठबन्धन दलबाट बाँके ३ (२) बाट निर्वाचित बादशाह कुर्मी विरुद्ध नेपालगञ्ज १७ परस्परकी निर्मला कुर्मीको शकास्पद मृत्यु प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीमा मुद्धा जिवीतै छ । उनी मात्र होइन काँग्रेसबाट रोज राणा पनि विवादित मन्त्री हुन् । यस्ता यस्ता घटनाका कारणले काँग्रेस वृत्तमा सरकार बनेको आमजनतालाई कौवालाई बेल पाक्नु जस्तै भएको छ ।
रोज राणाको इतिहास डान्सवारमा युवतीलाई नग्न नृत्य गर्न लगाएको आरोपमा ५ पटकसम्म पक्राउ पर्दै छुट्दै गरेका व्यक्तिलाई काँग्रेसका मुख्यमन्त्री डिल्ली चौधरीले यातायात मन्त्री बनाएका राणा पुनः मन्त्री बनेका छन् । यसले गर्दा काँग्रेसको लुम्बिनी प्रदेश समिति केन्द्रिय नेतृत्वसँग सन्तोष छैन् । संघीयता भनेको केन्द्रको अधिकार तलसम्म दिनु भनेको नै संघीयता हो तर मुख्य दलका नेतृत्वले संघीयताको मुख्य मर्म र भावना बुझेको हो की बुझेर पनि बुझ पचाएको हो त्यो त उनीहरुलाई नै थाहा होला । लोकतन्त्र व्यवस्थाको मूल मन्त्र भनेको दल हो । दलमा पनि आन्तरिक लोकतन्त्रको विकास हुनु हो तर दलमा आन्तरिक लोकतन्त्रको विकास हुनुको सट्टामा जहाँनिया राणा शाशन र आजको लोकतन्त्रमा केही फरक छैन् । कागजमा लोकतन्त्रका खेस्राहरु कोरिए पनि नेताको नेतृत्व पक्ष, विचार ,पद्धती भने एकात्मक भनै कै सामन्तवादी हो । कुन प्रदेशमा कसलाई मन्त्री बनाउने भन्ने विषयमा छनोट गर्ने काम प्रदेश तहको समितिको हो । संघीय सरकारको मन्त्री छनोट गर्ने काम केन्द्रिय समितिको हो । यहाँ त केन्द्रमा सरकार परिवर्तन हुँदा प्रदेशको समेत नाम नेताको गोजीबाट आउनु अचम्मको खेल हो । नेकपा एमालेबाट लिला गिरीको नाम प्रस्तावित थियो ।
शंकर पोखरेलले गिरीलाई बिष्णु पौडेलको गुटको लेबुल लगाएर आफ्ना गुटका चेत नारायण आचार्यलाई मुख्य मन्त्री बनाए । पार्टीमा यस्ता विधी तथा पद्धती नै घातक हो । यसले कालान्तरमा पार्टीलाई नै नोक्सान हुने हो । यस्ता यस्ता कारणले गर्दा पार्टी नेतृत्व प्रति आम कार्यकर्ताको विश्वास घटेको छ । समस्या काँग्रेस पार्टीमा छ । काँग्रेसमा शेरबहादुर देउवा, शेखर कोइराला, गगन थापा, कृष्ण सिटौला नेताको गुट बनेको छ । यही गुटका कारण संघीय सरकारले पूर्णता पाउन सकेको छैन् । लुम्बिनी, कोशी प्रदेश सरकारमा काँग्रेसको आन्तरिक विवादका कारण सरकारले पूर्णता पाउन सकेका छैनन् । यस्ता कारणले नै लोकतन्त्रलाई कमजोर बनाइ रहेको छ । दल भन्ना साथ दलिय व्यवस्था हो । दलका कारणले पनि दलिय व्यवस्था नै अपहरणमा परेको धेरै पटक भयो । दलिय व्यवस्थाका नेताहरु मात्र नभई कार्याकर्ताको प्रवृतिले पनि दलिय व्यवस्था धरापमा परिरहेको छ । २०५१ सालमा मध्यवती चुनाव हुनुमा एमालेको कारणले होइन । काँग्रेसको आन्तरिक कलहले हो । २०५६ सालमा काँग्रेसले कृष्ण प्रसाद भट्टराईको नाम भजाएर बहुमत ल्यायो । त्यही बहुमत काँग्रेसलाई पचेन । सात महिनापछि गिरिजाले कृष्ण प्रसाद भट्टराईलाई अपदस्त गरे । पालाको पैचो भने जस्तै गिरीजाललाई शेरबहादुर देउवाले सत्ताच्युत मात्र गरेनन् पार्टी पनि फुटाएर छाडे । २०५८ साल जेठ १९ गते राजा विरेन्द्रको सर्वनाश भएपछि उनका भाई ज्ञानेन्द्रले दलिय व्यवस्थालाई पुनः लत्याउदै प्रत्यक्ष शाशन गर्न थाले । काँग्रेसका लागि सत्ता पच्दैन् । इतिहासदेखि वर्तमानलाई सम्म समिक्षा गर्ने हो भने पाटी र सरकार बिचमा कही कतै तालमेल भएको छैन् । यसको मतलव नेतृत्व तानाशाह हुनु हो ।
काँग्रेसको नियत हेर्ने हो भने प्रदेश सरकारदेखि संघीय सरकारमा सहभागी भएका सदस्यहरु सबै विवादको बस्त्र पहिरिएका छन् । सबै भन्दा विवादको घेरामा परेको देउवा पत्नी आरजू राणा नै हो । हुन त उनी जन्म जात नै राणाकी पुत्री भइन् । उनी सरकारमा जानु पर्ने के बाध्यता थियो र ? जनताको सेवा त सरकारमा नगई पनि गर्न सकिन्छ नि ? देउवाकी पत्नी गठबन्धन तोड्ने सवालमा महत्वपूर्ण भूमिका रहेका कारणले हो । अरु कुनै कारण छैन् । मुलुकमा राजनैतिक परिवर्तनका लागि उनको योगदान अत्यन्तै कम छ । दलिय व्यवस्थामा यस्ता पात्रलाई फाइदा हुने न हो । नेकपा एमालेका के.पी ओली पार्टी अध्यक्ष नभएको भए विद्यादेवी भण्डारी नेकपा एमालेको केन्द्रीय सदस्य मात्रै हुन । ओली कै कारण उनी पार्टी उपाध्यक्ष भएकी हुन् । फेरी दुई/दुई पटक राष्ट्रपति हुन उनको क्षमता भन्दा ठूलो त उनी ओली निकट हुनु हो । यस्ता यस्ता मुलुकको भन्दा व्यक्तिगत तथा पार्टीगत स्थार्वका कारणले गर्दा पनि हाम्रो जस्तो अविकसीत मुलुकमा नयाँ–नयाँ दलहरुको उदय हुनु र उनीहरुप्रति जनता आर्कषित भएका हुन् । काँग्रेसलाई पुरानो पञ्चे भनिए पनि त्यही रोग नेकपा एमालेमा मात्र होइन । पछि जन्मिएका माओवादी हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीसम्म पनि त्यही समूहमा पुगेको आज सबै जनताले महसुस गर्न लागेका छन् । जनतामा पनि राम्रो भन्दा हाम्रो भन्ने परिपाटी बसेको छ । नत्र भने चुनावमा कसैलाई पनि भोटै नदिए हुन्छ नि ? पहिलो परिवार त्यसपछि आफन्त त्यसपछि आफ्नो गुट समूह । नेता जति सक्षम र सवल भएपनि समूहमा नमिल्दा बाहिरीनु परेको हाम्रो समाजमा थुप्रै उदाहरणहरु देखिन्छन् । सही र सत्य बोल्नेहरु सधै किनारा नै लाग्नु परेको आज मात्र पनि होइन् । यस्ता यस्ता थुप्रै कारणबाट आज लोकतन्त्र खतरामा परेको छ र अबका दिनमा नयाँ नया शक्तिहरु पनि उत्पन्न हुने धेरै सम्भावना देखिन्छ । (लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)