Shittalpati
सुनको मूल्य तोलामा नौ सयले घट्यो

काठमाडौँ, स्थानीय बजारमा सुनको मूल्य आज तोलामा नौ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला एक लाख ५० हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४९ हजार छ सय निर्धारण भएको छ । 

त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला  एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार सात सय ६० निर्धारण भएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update