Shittalpati
खोलाले बगाउँदा बेपत्ता

ढोरपाटन (बागलुङ), बागलुङको गलकोटमा माछा मार्ने क्रममा खोलाले बगाउँदा आज एक जना बेपत्ता भएका छन् । गलकोट नगरपालिका–१० रमुवाका ४२ वर्षीय रमेश परियार दरमखोलामा माछा मार्ने क्रममा बपत्ता भएका हुन् । 

गलकोट नगरपालिका–६ मा बस्दै आएका परियार २४ वर्षीय भाइ मनोज परियारसँग आज बिहान माछा मार्न गएका थिए । बेपत्ता रमेशको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख प्रहरी निरीक्षक थम्मन रानाले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update