Shittalpati
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पाल्पा, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।

जस अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटेको छ । नयाँ मूल्य शुक्रबार विहानदेखि लागू भएको निमगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ । निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ६२ रुपैयाँ ५० पैसा तोकेको छ । यसअघि पेट्रोलको १ सय ६७ रुपैयाँ ५० पैसा रहेको थियो ।  दोस्रो वर्गका लागि एक सय ६४ पर्ने छ । यहाँ पनि यस अघि १ सय ६९ रहेको थियो । यस्तै तेस्रो वर्गका लागि एक सय ६५ तोकेको छ । यस अघि यहाँ १ सय ७० थियो ।

निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५२ रुपैयाँ ५० पैसा पर्ने छ । यस अघि १ सय ५५ रुपैयाँ ५० पैसा रहेको थियो । दोस्रो वर्गका लागि एक सय ५४ पर्ने छ  । यहाँ यस अघि १ सय ५७ रुपैयाँ थियो । यस्तै तेस्रो वर्गका लागि एक सय ५५ कायम भएको छ । यस अघि १ सय ५८ रुपैयाँ रहेको थियो । पहिलो वर्ग अन्तर्गत चारआली, विराटगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपाय रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update