Shittalpati
सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ, लगातार उकालो लागेको सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार बढिरहेको सुनको मूल्य आज स्थानीय बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाल सुन प्रतितोला  एक लाख ५२ हजार छ सय पुगेको छ । गत शुक्रबार प्रतितोला  एक लाख ४९ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला  तीन हजारले वृद्धि भएको हो ।

शुक्रबार चाँदी प्रतितोला रु एक हजार सात सय ६० मा कारोबार भएकामा आजका लागि भने एक हजार आठ सय १० निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलामा रु ५० ले वृद्धि भएको हो । 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update