Shittalpati
मलाई मन छ ?

 

✍️ बिमला पाण्डे

मलाई चरी जस्तै उढ्न मन छ , 

मलाई ऋृतुहरू सँग जुधन मन छ ।

खुला आकाशमा निडर बनेर

छोटो दिन अनि मृत्युको पल गनेर ।

स्वतन्त्रताको अगाँलोमा बाँधिएर ,

उचाईको अनुभवमा एक्लै गासिएर।

अनेकै क्षणसँग रमाइलो गर्दै ,

हुलमा मिसिएर परपर सर्दै ।

मलाई केहि कुरा छोडन मन छ ,

मानव जिवन तोड्न मन छ ।

ऋृतुहरू को बदलाव सँगै रडिगन मन छ ,

मनमोहक दृष्यमा हराउँदै वित्छन्न छिन हरू ।

नकेहि गुमाँउला नकेहि हराउला भन्ने डर ,

अपरिचित यात्रा हुने छ पखैटाको भर।

चिन्ताको धरेडी बाट मुक्त भएर,

यतै कतै हराउनु  छु शान्त रहेर। 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update