Shittalpati
वर्षाका कारण तानसेनमा तीनतले घर भत्कियो

पाल्पा, शनिबाररातीदेखि परेको अविरल वर्षाका कारण जिल्लाको तानसेनमा एक घर भत्किएको छ ।  वर्षाका कारण तानसेन नगरपालिका– ५ कैलाशनगरमा तीनतले घर भत्किएको हो ।

आईतबार दिउँसो १ बजे एकाएक घर भत्किएको वडाअध्यक्ष रामवहादुर रावलले जानकारी दिए । पुर्ववडाअध्यक्ष स्वर्गीय मोहन लाकौलकी पत्नी राजकली लाकौलको नाममा रहेको तीनतले कच्चीघर अविरल वर्षा र हावाहुरीका कारण चर्किएको थियो ।

एकाएक घरको एकपाखो भत्किएपछि परिवारका सबै सदस्यहरुलाई सकुशल बाहिर निकालिएको छ । रातभरीको हावाहुरी सहितको बर्षाले भिजेका कारण माटो र कच्ची ईटाको प्रयोग गरेर बनाइएको घर एकाएक भत्किए पछि लाकोलपरिवारका ९ जना अहिले बेघर भएका छन् । स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी, तानसेन नगर प्रहरी, नगरपालिकाका जनप्रतिनिधी, रेडक्रस सोसाईटीका स्वयसेवकहरुको सक्रियतामा क्षति ग्रस्त घरको अर्काे पाखोको सुरक्षा गर्ने कार्य भएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update