Shittalpati
 आज क्वाँटी खाने दिन, यस्ता छन् फाइदा 

पाल्पा, आज क्वाँटी खाने दिन । घर–घरमा एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर  खाने  गरिन्छ । जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन धेरै पहिलेदेखि चलिआएको हो ।

यो प्रचलन खासगरी नेवार समुदायमा बढी छ । पछिल्लो सयम भने सबै समुदायमा यसको लोकप्रियता बढेको छ । ठूलो केराउ, सानो केराउ, भटमास, गेडा सिमी, बोडी, गेडा मास, गेडा मुङ, चना, मस्यामलगायत नौ थरीका गेडागुडी मिसाइएको क्वाँटी आजका दिन खाने चलन छ । क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता रहेको छ । साउनमा मनसुनी झरी परिरहने हुँदा मानिसहरूको स्वास्थ खराब भई चिसो लाग्ने, ज्वरो आउनेजस्ता रोग लाग्ने हुँदा क्वाँटी खाँदा शक्ति बढाई रोगसँग लड्ने क्षमता बढाउने विश्वास छ । 

स्वास्थ्यका लागि फाइदाजनक क्वाँटीमा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल्स, फोलिक एसिड, आइरन तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ । क्वाँटी शाकाहारी, गर्भवती महिला एवं बालबालिकादेखि बूढाबूढीसम्मका लागि उपयोगी छ । रेसादार खानेकुरा भएकाले यसले कब्जियत हटाउँछ अनि पाचनशक्तिमा सुधार ल्याउँछ । यसले मधुमेह नियन्त्रण राख्न सघाउ पु¥याउनुका साथै उच्च रक्तचाप नियन्त्रणमा समेत सहयोग गर्छ । रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । कोलस्टेरोल नियन्त्रण गर्छ । शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ । स्मरणशक्ति वृद्धि हुनुका साथै कुपोषण हटाउन पनि सहयोगी हुन्छ । रक्त संचार तथा स्नायुप्रणालीलाई फाइदा पुग्छ । बालबालिकाको वृद्धि–विकासमा समेत सहयोग पु¥याउने भएकाले क्वाँटीको महत्व बालबालिकादेखि वृद्धवृद्धासम्म सबैका लागि निकै महत्वपूर्ण रहेको छ । पूर्णिमाका दिन नेवार समाजमा भ्यागुतोलाई भात ख्वाउने अर्थात् ‘ब्यांजा नकेगु’ भनेर सिमीको पातमा भात, क्वाँटी, मासु, मुला, भ्यागुते पूmल राखेर कृषक आप्mना खेतमा र अन्यले घरको दैलामा राख्ने चलन छ । भ्यागुताले गठेमंगलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई धापमा जाकिदिएकाले आजको दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलन रहेको हो । 


 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update