✍️ज्योतिष मुकुन्द पोखरेल
वास्तुशाास्त्रीय चिन्तनसँग मानिसको स्वास्थ्य पनि जोडिएको छ, भन्नेतथ्य सामान्यरूपमा असान्दर्भिक जस्तो लाग्दछ तर यो तथ्य साश्वत सत्य हो। मानिसको शरीर र गृहवास्तुबीच अन्योन्याश्रित सम्वन्ध छ। मानिसमा लाग्ने अत्यन्त भयानक रोगको निदान वास्तुशास्त्रीय चिन्तनले गर्दछ, यद्यपि वास्तुशास्त्रीय चिन्तनका आधारमा बनेका घरमा बस्नाले त्यस्ता रोगै लाग्दैनन् । वास्तुदोष निवारण गरेर असाध्यरोग लागिसकेका व्यक्तिको रोग न्यूनीकरण गर्न सकिन्छ
मानव शरीर पृथ्वी, जल, तेज, वायु, आकाश तत्व मिलेर बनेको हुन्छ। त्यस्तै औषधीय उपचार पद्धति पनि पञ्चमहाभूतको सन्तुलनबाट बनेको हुन्छ भन्ने चरक, सुश्रुत, वागभट्टको कथन छ। त्यसैले मानव शरीर र मानव आवासबीच अभेद्य सम्वन्ध छ। पञ्चमहाभूतको सन्तुलन र असन्तुलनले त्रिदोषजन्य रोगको उत्पत्ति हुन्छ र यो नै आयुर्वेदको उपचार पद्धतिको मूल सूत्र पनि हो। मानवको आवासमा पनि पञ्चतत्वको पन्तुलनले सुख, शान्ति, निरोगी अवस्थाको सिर्जना गर्दछ भने असन्तुलनले वास्तुदोषको उत्पत्ति हुन्छ र अनेकौ समस्या, अशान्ति, असाध्यरोग, गरिबी बढाउँछ । वास्तुशास्त्रीय त्वको सन्तुलन बिग्रिनाले वास्तदोष हुन्छ भने मानव शरीरमा रहेको पञ्चमहाभूतजन्य त्वको असन्तुलनले वात, पित्त, कफजन्य रोगको उत्पत्ति भएको हुन्छ र घातक अवस्थामा पुन्याउँदछ ।
वास्तुशास्त्रले सत्व, रज, तम गुणलाई निश्चित दिशाको अधिपति मान्दछ र पृथ्वी, जल, तेज, वायु, आकाशलाई पनि निश्चित दिशा र स्थानको स्वामी अर्थात् मालिक मानेको छ। जसमा सत्वगुणलाई ईशान, रजोगुणलाई आग्नेयकोण, तमोगुणलाई वायव्यकोण निर्धारण गरिएको छ। त्रिगुण जस्तै पञ्चमहाभूतलाई पनि निश्चित दिशा र स्थान दिइएको छ। जसमा वायुकोणमा वायुतत्व, ईशानमा जलतत्व, आग्नेयकोणमा अग्नितत्व, नैऋत्यकोणमा ईथरतत्त्व, ब्रह्मस्थानमा पृथ्वीतत्त्व निर्धारण गरिएको छ ।
वास्तुशास्त्रानुसार वायव्यकोणमा रहेको वास्तुदोष र नैऋत्यकोणमा रहेको ईथरतत्वबीचको सन्तुलन मिलाउनाले वायुविकारजन्य उच्चरक्तचाप, रक्तअल्पता, अजीर्ण, अपच, गोटापर्ने, तल्लोपेटको समस्या, कम्मरको दुखाइ, गँठीया, प्यारालाइसिस जस्ता रोगको निवारण गर्न सकिन्छ। वायव्यकोणको सन्तुलन र नैऋत्यकोणको ईथर तत्वको अवस्थालाई मिलाउनु पर्दछ। यदि उपर्युक्त कुनै रोग लागि सकेको छ भने असाध्य हुनबाट बच्न सकिन्छ, कम गर्न सकिन्छ। वायव्यकोणमा रहेको वास्तुदोष र तमोगुण, नैऋत्यकोणमा रहेको ईथरतत्व बीचको सन्तुलन कायम गरी वायुविकारजन्य रोगलाग्नबाट बच्न सकिन्छ । वायु प्रकृतिको मानिसलाई सोही प्रकृतिको रोग लाग्दछ र वास्तुशास्त्रानुसार त्यही कोणको वास्तुदोषले बढी नकारात्मक प्रभाव पार्दछ ।
आयुर्वेदको त्रिदोषजन्य रोगको अर्को कारण पित्त प्रकृतिको मानिन्छ। जसमा घाउ खटिरा, कुष्टरोग, आत्मिक कमजोरी, रक्तविकार जस्ता रोगहरू पर्दछन् । वास्तुशास्त्रानुसार ईशानकोणको जलतत्त्व र सत्वगुण तथा आग्नेयकोणस्थित अग्नितत्व तथा रजोगुणबीचको सन्तुलन बिग्रिदा पित्तजन्य विकारको उत्पत्ति हुन्छ। पित्तको विकारको कारणले मधुमेह, चर्मरोग, घाउ खटिरा, कुष्टरोग, आत्मिक कमजोरी, रक्तविकार, रगतमाँसी जस्ता रोग लाग्दछन् । पेटको अग्नीतत्व राम्रोसँग उत्पत्ति भएन र ईशानकोणको प्रतिनिधित्व गर्ने जलतत्वको उत्सर्जन उचित समयमा गरिएन भने पित्तविकारजन्य रोग उत्पत्ति भई असाध्य बन्न पुग्छन् । त्यसैले ईशान कोण र आग्नेय कोणबीचको सन्तुलन राम्रोसँग वास्तुशास्त्रीय आधारमा मिलाउनु पर्दछ। जसले गर्दा त्यस्ता असाध्य रोगको उत्पत्ति नहोस् र उत्पत्ति भईसकेको भए असाध्य नहोस तथा बच्न सकियोस् ।
ईशानकोण र ब्रह्मस्थानवीचको जलतत्व तथा पृथ्वीतत्वको सन्तुलन बिग्रिए कफजन्यरोगको उत्पत्ति हुन्छ। ईशानकोण र ब्रह्मस्थानबीच धेरै समय बिताउने व्यक्तिलाई कफजन्य रोग लाग्दछ । वास्तुशास्त्रानुसारको वास्तुदोष हुँदा कफजन्य रुघा, खोकी, ज्वरो, दम, छारेरोग, फोक्सोको समस्या हुने गर्दछ। मुटुको समस्या पनि देखिन सक्छ। यस्ता असाध्य दीर्घरोगको उत्पत्ति हुन नदिनु नै बुद्धिमत्ता हुन्छ, त्यसैले ईशानकोण र ब्रह्मस्थानबीचको वास्तु मिलाउनु अत्यन्तै आवश्यक मानिन्छ। प्रायशः घरका प्रमुख स्त्रीलाई यस्तो रोग लाग्न सक्दछन् किनकी उनीहरू नै ईशान र ब्रह्मस्थान बीच धेरै समय रहन्छन् । अतः असाध्य रोग लागेर थला पर्नुभन्दा नियमित व्यायाम गर्नु, वास्तुशास्त्रानुसारको घरमा बस्नु, सात्विक आहार गर्नु राम्रो जीवन जिउने र सुख, शाान्ति, समृद्धि प्राप्त गरी आनन्दका साथ सिर्जनात्मक सार्थक जीवनको मूल्य स्थापित गर्ने उपाय हो। त्यसैले वास्तुशास्त्र र औषधीयशास्त्रबीचको प्रगाढ सम्बन्धलाई असान्दर्भिक सम्बन्ध होइन अन्योन्याश्रित सम्वन्ध भएका पूर्वीय वैज्ञानिक चिन्तन हुन भन्न सकिन्छ।