Shittalpati
सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौँ, स्थानीय बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुन आज प्रतितोला एक लाख ५३ हजार कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन प्रतितोला एक लाख ५३ हजारमा कारोबार हुने गरी निर्धारण भएको छ । मङ्गलबार प्रतितोला एक लाख ५२ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आज आठ सयले वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो ।

यस्तै, चाँदीको मूल्य तोलामा १५ ले बढेको छ । मङ्गलबार प्रतितोला  एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ३५ निर्धारण भएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update