यति बेला बंगलादेशमा भएको घटनाको चर्चा सर्वत्र छ । लगातार १५ वर्ष बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिनाले सत्तासँगै देश छोडेपछि नेपाल लगायत विश्वमै यसको चर्चा चुलिएको हो । सरकारी जागिरमा कायम आरक्षणको कतिपय व्यवस्थामा असन्तुष्टि जनाउँदै विद्यार्थीले सुरु गरेको आन्दोलन अन्ततः हसिनाराजप्रति असहमतहरूको साझा संघर्ष बन्यो ।
हसिनाले महिना दिनअघि सुरु विद्यार्थी आन्दोलनलाई सम्बोधन गर्नु साटो दमन गर्दा नै देश छाड्ने परिस्थितिमा उनी पुगिन् । सरकारी जागिरमा आरक्षणविरुद्ध भनेर देखिएको जनप्रदर्शन खासमा भित्रभित्र हसिनाविरुद्ध विकसित जनमतको विस्फोट थियो । हसिना विरोधी प्रदर्शनको आगोको अत्यधिक प्रज्ज्वलनशील इन्धन उनको निरंकुश र तानाशाही शासन र देशमा बढ्दो भ्रष्टाचार, बेरोजगारी र महँगी थियो । बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानकी छोरी हुन् हसिना । बाबुको त्यही विरासतबाट राजनीतिमा आउँदा सद्भावको मत पाएकै हुन् । तर सत्ताले उनलाई भ्रष्टमात्रै बनाएर क्रूर तानाशाही नै बनायो, त्यसैले त तीन सय जनाको ज्यान जाने गरी प्रदर्शन हुँदा पनि राजीनामा गर्ने वा देशलाई सम्बोधन गर्नपट्टि लागिनन् । आन्दोलन दबाउने चेष्टामात्रै गर्दाको परिणाम विद्रोह झन्झन् चर्कियो । बंगलादेशमा भएको आन्दोलनले नेपालमा समेत प्रभाव पारेको छ । यसर्थ बंगलादेशमा भएको घटना र यसले सिर्जना गरेको प्रभावका बारेमा यहाँ चर्चापरिचर्चा गर्ने प्रयास गरिएको छ ।
नेपालमा एक महिना यता नेपाली काँग्रेस, नेकपा माओवादी लगायत सबै दलको केन्द्रीय समितिको बैंठकमा बगलादेशमा भएको र आन्दोलनले सिर्जित राजनैतिक घटनाक्रमका विषयमा कुनै पनि दलले छलफल गरेनन् । ढाका विश्व विद्यालय र चट्गाउँ विश्व विद्यालयमा अध्यनरत विद्यार्थीले गरेको आन्दोलनले प्रधानमन्त्रीलाई देश छाड्न बाध्य तुल्यायो । साशन सत्ताको नेतृत्व गरेको दलले गरेका क्रियाकलापको विरुद्धमा विद्यार्थी आन्दोलन रहेको थियो । सरकारले उपलब्ध गराउँदै आएको समावेशी समानुपातिक कोटा प्रणालीको विषय नै आन्दोलनको जड हो । यो आन्दोलनप्रति भारतीय गुप्तचर निकाय रअ पनि पूर्णरुपले असफल नै भयो । सत्तामा रहनका लागि शेख हसीनाले आफ्नो पाटीले सरकारी सबै निकाय कब्जा गरी निर्वाचनको माध्यमबाट बहुमत सिद्ध गरी सरकार बनाएको अवस्था थियो । बगलादेशमा विद्यार्थीले गरेको आन्दोलनको बाछिटा नेपालमा समेत प्रवेश गरेको छ । जब सरकारले विद्युत प्राविधिकरणको दुई जना सदस्यलाई ठाडो हस्तछेप गरी हटायो । त्यससँगै उज्यालो नेपालका अभियान कर्मी कुममान माथि कु गर्ने मनसाय राख्यो । तब काठमाडौं तनाव ग्रस्त बन्यो । सरकारले आन्दोलनरत युवालाई रोक्ने प्रयास गर्दैछ । यसले सिंगो व्यवस्थाप्रति नै संकटको अवस्था पैदा नगर्ला भनेर आकंलन गर्न नसकिने छ । हाम्रो संविधानमा समावेशी समानुपाति प्रणाली प्रति स्पष्ट व्याख्या गरेको छ । संविधानले गरेको ब्याख्यालाई मुख्य दलले अपब्याख्या गरेका छन् । बगलादेशमा पनि आरक्षणको कोटा त थियो । पछिल्लो समयमा यसलाई बढाएर ५० प्रतिशत पुर्याइको थियो । कोटा त सर्वसाधारणको लागि थिएन । आफन्त कार्यकर्ताका लागि भएका कारण योग्य सक्षम विपन्न वर्ग पहुँच भन्दा बाहिर रह्यो ।
यसै विद्रोहका आन्दोलनको आधिवेरी आएको हो । यही कुरा नेपालमा पनि भएको छ । एक दुई घटना बाहेक सबै नेताका श्रीमती साली,छोरा छोरी बाहेक अन्यले पठन–पाठनमा अवसर पाउँदैनन् । राजनीति नेता, मन्त्रीका श्रीमती, प्रेमीकाको लागि मात्र भएको छ । यो पद्धती भारतमा पनि छ । सामानुपाति प्रणाली त्यहाँ धेरै राम्रो सिस्टममा छ । तर यहाँ यसैमा भ्रष्टचार छ । ठूला–ठूला औधोगिक घरानाका व्यक्तिलाई करोडौ रुपैयाँमा बिक्री गरेको रहस्य खुल्यो । यस्ता–यस्ता क्रियाकलापका कारण यहाँ आन्दोलनको आधि बेहरी आउनु पर्ने हो । बगलादेशमा भएको आन्दोलनको विषयमा यहाँका राजनैतिक दलहरु संवेदनशील बनेका छैनन् । काठमाडौंमा हजारौ युवाले सिंहदरबार देखि संसद भवनसम्म घेर्न पनि सक्दछन् । त्यस समयमा सम्मानित नेताको अवस्था के होला ? २०१५ सालको निर्वाचनमा बीपी कोइरालाको पाटीमा कोइराला परिवारबाट पाँचदेखि सात जना चुनाव लड्न सक्षम थिए तर बीपीले भने तिमीहरु चुनाव लड्ने भए म लड्दिन । एक परिवारबाट एक जनाले नै हो राजनीति गर्ने भनेपछि सबै पछाडी हटे । तीनै बीपीले स्थापना गरेको पाटीमा श्रीमान , श्रीमती माननिय छन् । कुनै व्यक्ति सफल बन्नका लागि परिवारको महत्व पूर्ण योगदान हुन्छ । योगदान भयो भन्दैमा आम कार्यकर्ताको मौलिक हक खोस्न त भएन । पुष्पलालले स्थापना गरेको नेकपा एमाले मोहन बिक्रम सिंहले स्थापना गरेको जनमोर्चा हुँदै अहिलेको नेकपा माओवादी पाटीमा समेत श्रीमान श्रीमती, आफन्तले मात्र अवसरहरु लुटिरहेका छन् । हो यो प्रवृति र पात्रका विरुद्धमा युवा जनशक्तिले आन्दोलन गरेको खण्डमा सबै तह तप्काको सहयोग हुनेछ । बगलादेशको डडेलो नेपालमा समेत सल्किएला भनेर भारतिय विदेश मन्त्री नेपाल आए लगतै अमेरीकी प्रतिनिधी समेत काठमाडौं आए । विदेशी शक्तिले कहाँ कहाँको प्वाल टालीदिने हो र ? यहाँ पनि यस्तै आन्दोलन नहोला भन्न सकिदैन् । यहाँ नीतिगत र संस्थागत भ्रष्टचार हुने गर्दछ । यो सबैले राम्रोसँग देखेको र बुझेको कुरा हो । यसले पनि एउटा जमातलाई विद्रोही बनाएको छ । विद्रोही जमातको पछाडि ठूलो सख्यामा जनमत रहेको छ । धेरै ठाउँमा नै पर्दैन । संसद भवनदेखि बालुवाटार हँुदै नेताको घर–घरमा प्रदर्शन गरे पुग्छ । हाम्रो मुलुक नेताका कारणले खतम मात्र नभई भ्रष्टचारले जर्जर भएको छ । २०४७ सालपछि सत्ता र शक्तिमा पुगेका नेताको सम्पति छानविन गरेको भए पनि चित्त बुझाउने ठाउँ हुने थियो । मुलुकमा विद्रोह भए यही व्यवस्था कायमै रहला भन्ने पनि छैन् । यिनीहरुको यही नै बसोबास होला भन्ने पनि छैन् । त्यसैले नेता सकिने की सच्चिने समय हो । एउटै व्यक्ति लामो समयसम्म नेतृत्वमा रही रहँदा पनि समस्या हुन्छ । बगलादेश यसैको सिकार बन्यो । त्यहाँ त साशकलाई भारतले शरण दियो । यहाँका नेताले भारतमा समेत शरण पाउने अवस्था छैन् । यसले गर्दा दलका नेताले समय मै होश पुर्याउनु पर्ने देखिन्छ । मुलुकमा प्रजातन्त्रदेखि गणतन्त्र सम्मको युगलाई लुटतन्त्रको युवमा रुपान्तरित हुन पुगेका कारण मुलुकमा राजनैतिक अस्थिरतसँंगै अर्थव्यवस्था ध्वस्त हुनुको मुख्य कारण भ्रष्टचार नै हो । भ्रष्टचारबाट जोगिन र जोगाउन भागवण्डा गरेको अहिलेका युवासँंग तमाम प्रमाण छ । हु न त मुलुकको इतिहास खोतल्दा विद्यार्थी आन्दोलनको भूमिका महत्वपूर्ण नै छ । २०३६ सालमा जनमत संग्रह भएको पनि विद्यार्थी आन्दोलनको उपज नै हो । त्यसैले विद्यार्थीको आन्दोलनको लागि नजर अन्दाज नगर्दा नै राम्रो हो ।
निरंकुश शासक फालिएको घटना जुनसुकै देशका लागि पनि सन्दर्भ सामग्री हो । यसले लोकतन्त्रप्रति आस्थावान् जुनसुकै देशका नागरिकलाई पनि ऊर्जा दिन्छ । नेपालमा पनि १८ वर्षअगाडि जनआन्दोलनमार्फत नै अनिर्वाचित निरंकुश शासन फालिएको थियो । बंगलादेशले नेपालको सकारात्मक उपलब्धिबाट पाठ सिक्न सक्छ, यहाँका कमजोरी नदोहोर्याउने प्रतिबद्धता व्यक्त गर्न सक्छ । बंगलादेशबाट नेपालले पनि पाठ सिक्न सक्छ । खासगरी निर्वाचित भएर शासनमा पुगे पनि जनताको आकांक्षा र असन्तुष्टिलाई बेवास्ता गर्ने, शासकीय अधिकारलाई दोहनकारी संयन्त्रमा रूपान्तरण गर्दै आफू र आफ्ना आसेपासेलाई अकुत र अवैध आम्दानीका निम्ति सहजीकरण गरिदिने, भ्रष्टाचार र कुशासनका शृंखला तयार पार्ने भूल गर्ने हो भने दुःखान्त निश्चित छ ।