Shittalpati
सुनको मूल्य तोलामा ११ सयले घट्यो

काठमाडौँ, स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा  एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख ५३ हजारमा कारोबार भएकामा आजका लागि एक लाख ५१ हजार नौ सय निर्धारण भएको छ ।

बुधबार सुनको मूल्यमा हालसम्मकै उच्च कीर्तिमान कायम भएको थियो । यस्तै, चाँदीको मूल्य प्रतितोला पाँचले कम भई आज एक हजार आठ सय ३० मा कारोबार भएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update