Shittalpati
काण्डै काण्ड नरकमा : रमाएका नेता  ! (गाईजात्रा २०८१) 

 पुरन बहादुर शाक्य 
 तानसेन–३, पाल्पा
 
नरकका नेता कोही छैन चोखा, देशलाई धोका । 
भ्रष्ट विशिष्ट नेता खोरमा, कोही कालो लिष्टमा ।।
भुटानी शरणार्थी काण्ड, कहीँ काण्ड सुनतस्करी ।
कहीँ काण्ड जग्गा प्रकरण, कतै काण्ड जलहरी ।।
यसरी खोक्रो भयो देश, भ्रष्ट शासक मिलिजुली ।
पशुमा श्रेष्ठ शेर नार्मद नेता, नामबहादुर ।
बहादुर पशु भएर हो, बोली उसको स्पष्ट छैन ।।
र्‍याले बुढो हेर्दा जेण्टल, उमेरले नेटो काट्यो ।
सातौं श्रेणी पारगर्छु भन्छ शेरे, बोली लठक बाठो ।।
धुर्त ओली हावादारी बोली, भाषण नालीबेली ।
बामपाटी फुटाएर आँफूखुसी भरे अर्व झोली ।।
शरीरको यन्त्र फेरी बाँचेको ओली जाली झेली ।
भरोसा छैन केपी बा, आर्यघाट आज हो कि भोली ।।

 ‘पुष्प’ हातमा लिइ भेटी, माग्न हिँडे हिन्दुस्तान ।
‘कमल’ के थाहा विचौलिया अन्तरघात हुन्छ त्यहाँ ।।
‘दाहाल’ उथल पुथल गर्दै जानु, नयाँ चमत्कार । 
‘प्रचण्ड’ अझ दम्भ, बाम एकताको दिन्छौं हुँकार ।। 
माछा–माछा भन्दा हात परेछ ठूलो भ्यागुता ।
माधव के जाल थाप्यौं, अन्त आफू पर्‍यो रमिता ।।
पार्टी अलग के नै गर्छु भनि नेपाल हिरो, जिरो ।
अन्त के भयो परिणाम माकुनेको जुँगा खुइरो ।।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update