Shittalpati
रूपन्देहीमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

बुटवल, रूपन्देहीमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । लु २ ख ६७६ नम्बरको मालबहाक ट्रकको ठक्करबाट रूपन्देहीको मायादेवी गाउँपालिका–६ बालुवादिपुरमा सोही ठाउँका ३५ वर्षीय गोरख बेल्दारको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका बेल्दारको उपचारका क्रममा बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update