Shittalpati
मर्स्याङ्दी नदी बस दुर्घटना : १४ जनाको शव निकालियो (अपडेट)

तनुहँ, तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिक दुर्घटना भइ मस्र्याङ्दी नदीमा बस खस्दा  १४ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटना भई नदीमा  खस्दा १४ जनाको  ज्यान गएको हो ।

अहिले सम्म १४ जनाको शव बाहिर निकालिएको र १६ जना घाइतेलाई  भने अस्पताल पठाइयो प्रहरीले जनाएको छ ।

बसमा अन्दाजी ४० भारतीय पर्यटक रहेको बुुझिएको छ । तर औपचारिक रूपमा पुष्टि भने भइसकेको छैन ।अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको  छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update