ज्ञानेन्द्रबहादुर श्रेष्ठ (ज्ञानु)
हाम्रा स्वाभिमानी वीर पौरखी, पूर्खाहरुको सत्य, निष्ठा, त्याग, तपस्या अगम् शाहस अतुलनिय बलिदानद्वारा सिर्जित अखण्ड सार्वभौम सम्पन्न राष्ट्र नेपाल हो । पिडी–दर–पिडी धर्म, सत कर्म न्याय, आस्था, प्रेम सद्भावना, क्षमाको आदर्श गौरवशाली इतिहासको अभिलेख बोकेको शान्ति प्रिय प्यारो देश नेपाललाई लिने गरिन्छ । तर...। अफशोच र विडम्बना नेपालको निर्मल, स्वच्छ, पवित्र जल, थल, अग्नी, वायु, आकाश र सामाजिक मूल्य र मान्यता आज नेपाली आवरण बन्न नसक्नु बडो दुर्भाग्य पूर्ण अवस्था हो ।
राजनीतिले हामीलाई विभाजित गर्छ, धर्मले हामीबीच पर्खाल खडा गर्छ, संस्कृतिले हामीलाई टुक्राटुक्रामा विभाजित गर्छ, तर देशको प्रेमले सबैलाई एकसूत्रमा बाँध्न सक्छ । आफ्नो राष्ट्रप्रतिको प्रेम मानिसको दोस्रो धर्म हो जसको अभिव्यक्ति राष्ट्रियताको भावनामा हुने गर्छ । नेपाली राष्ट्रियता यस्तो भावनात्मक एकता हो जसमा देशभित्रका भौगोलिक, जातीय, सांस्कृतिक रूपमा विभाजित विविध ‘पेटी नेसनालिज्म’ हरू एउटै नेपाली ‘राष्ट्र’ को भावनामा एकीकृत भएका हुन्छन् । यो भनेको आफ्नो माटो, आफ्नो संस्कृति र स्थापित भौगोलिक अखण्डताप्रतिको गहिरो भावनात्मक आसक्ति हो । तर त्यसो हुन सकिरहेको छैन् । यो अत्यन्त दुखको कुरा हो । राजनीतिक दलहरुको स्वार्थका कारण न भावनात्मक सम्बन्ध कायम हुन सकेको छ न त नेपालले प्राकृतिक रुपमा पाएका वरदानहरुको सही उपयोग गर्न सकेको छ । यसर्थ सार्वभौम राष्ट्र र अहिलेको परिवेशका बारेमा यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
जुठो भात, तिहुन चखुवा, नदी, नाला, मातृभूमी बेचुवा नालायक नैतिकहिन, सत्तापिपाशु विदेशी दलालहरुको निहित स्वार्थ र अकर्मन्यताको उपजका कारण देशले विकासमा फड्को मार्न नसकेको कुरा जगजाहेर नै छ । जाय, जन्म, भरण, पोषण, स्वभाव, संस्कारका सहयोगी, सहयात्री आत्मियजन हामी देशवासीहरु यिनका सौतेली सन्तान बन्न पुगेका छौं । धिक्कार छ हामीलाई । हत्या, हिंसा, अन्याय, अत्याचार, पापाचार, दुराचार, यिनीहरुका पुख्यौली विराशतका साथै शास्त्रीय लेख महाभारतका कौरव निती र संस्कार यिनका आर्दश हुन् । सत्ता, भत्ता, कर, कमिशन, रेमिटेन्स, आधारभूत सामग्रीसहित सुनसम्म काण्डै काण्डले जकडिएको यिनका पारिवारिक पृष्ठभूमी र जन्मजातैका जमदार हुन् ।
असफल, कृषि, औद्योगीक आर्थिक, व्यवसायिक, राजनीतिक धरातल यिनका अपार्दशी कार्यनीति निर्माण कार्य,विकाशका झुठो आश्वासनका वकुमफुसे नारा मात्र हुन् । संकुचित, निकम्मा, न्याय, प्रसाशन, कर्म प्रणाली, सार्थकहिन अर्थतन्त्र, लाचार, असंक्षरण गणतन्त्र/गर्भमा पलिरहेको भ्रूण पनि वैदेशिक ऋणको बोझ बोकी जनमन बाध्य छन् यिनका राजमा । समृद्ध राष्ट्र, राष्ट्रिय स्वतन्त्रता, अखण्डता, स्वाधिनता,राजधर्म,पितृ सत्ताको रतिभर पनि पहिचान नभएका दानविय, पराकाष्ठीय भ्रष्ट शासकहरुको शासन सत्ता सञ्चालित छ यहाँ । विकराल, अव्यवस्थित वैदेशिक, मौद्रीक, संघीय, धमिरे सरकारी निती, धन, जन, जिउ, ज्यान बचाउ गर्न अहो...! बडो मुस्कील हुँदै गयो । अभागी, असुरक्षित, हताश, उद्यमी, व्यापारी, सिपमुलक हस्तकला, परम्परागत धातुकला, निराश श्रमजिवी हात, पलायन पौरखी उर्जावान युवा तथा पुरुषार्थी जमात । परिवर्तित, प्रतिकुल, आर्थिक, सामाजिक, व्यसायिक मन्दी । अनिकाल, भुखमरी, अकाल हेरवरा नेपाली जनजिविकाको आत्मीय कथा, व्यथा र विलौना ।
हाँ क्क्क्क्क उश्श्श्श्श्श्श ? प्रचण्ड पिडाजनक, आत्माग्लानी जीनव शैली, मानविय विउ जोगाउन साह्रै कठिन हुँदै गयो । आत्मा रक्षाका कर्तव्य र सिद्धान्त आज लिलाम हुने जटिल सुनामीमा फस्यो । वाह...! अझ पनि यिनका क्या आडम्बर, यस, ऐश्वर्य, रवाफ, झुठो शान, सौकत । तिम्रा क्षणभङगुर दिखावा औकात मात्र नै त होनी । अमूल्य, आत्मिय सम्मानका जनमतको कोटी कोटी ऋणी छौ । एक दिन यस्ताका दुश्कर्म, धुरी चढी अन्यायाश नै बोल्ने छ ।
स्वजनलाई दुःख कष्ट, आघात पुर्याउने मान्छे सुखले कहिले कहाँ बाचेका छन् र ? छ र ? विधिको शासन, सिद्धान्त र कर्तव्यलाई घात गरी अनैतिक जाल, झेलले संचित अर्थ सत्ता र जीवन कालान्तरसम्म टिकेको कहाँ छ र हैन ? यस्ता अराजक प्रवृतिका पशुतुल्य अमानविय जीवन अत्याधिक अधिक व्याकूल, असह्यै दुःखकष्ट, पिडाका साथ छटपट्याउँदै अन्तकरणमा समाहित हुने नै हो नि । हैन र ? ऐ...। जे को पनि एक हद र सिमा हुन्छ । यार, के लाज शर्म धर्म भन्ने नै छैन र ? हैं ? यदी अनैतिक कार्यद्वारा मणि, माणिक्य धनदौतलको चाहना राख्छौ भने । लंकेश्वर रावण र सम्राट सिकन्दरको जीवनी पढ । असह्यै पिडाजनक व्याकुलता सही सहस्त्र धारा अमृत पान गराएकी ममतामयी मातृत्व र पुर्खाले आर्जेको मातृभुमीको चिरहरण गर्ने गराउने ति नपुङ्सक कपुतहरुको कात्रो विनाको कूकूरमरण । विष्टामा रमाउने किराको जुनीमा पुर्नजन्म हुन जान्छ भनि आदर्श पौराणिक गरुडपुरानको सर्वाधिक आख्यान आदिकालदेखि चित्रण हुँदै आई रहेको भन्ने कथन प्रचलित छ ।