Shittalpati
रोकिएन सडक दुर्घटना
मर्स्याङ्दी नदीमा दुर्घटना ग्रस्त बस । तस्वीर : रासस

दमौली (तनहुँ), असार २८ गते सिमलतालस्थित त्रिशुली नदीमा ४० जना बेपत्ता हुने गरी दुई वटा बस दुर्घटना भए । दुर्घटनामा २४ यात्रुको शव फेला परे पनि अन्यको अझै अत्तोपत्तो छैन् । उक्त दुर्घटना सेलाउन नपाउँदै पुनःअर्को भयानक सडक दुर्घटना भएको छ । 

शुक्रबार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा बस दुर्घटना हँदा २७ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म बसमा सवार ४३ जनामा २७ जनाको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ । उनीहरूको तनहुँको आँबुखैरेनी अस्पतालमा पोस्टमार्टम भइरहेको छ । प्रहरीका अनुसार मृतक २६ जनाको आँबुखैरेनी अस्पतालमा पोस्टमार्टम भइरहेको छ । एक जनाको भने चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट घाइतेहरूलाई काठमाडौं पठाइएको हो । प्रहरीका अनुसार उनीहरूको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार पोखराबाट काठमाडौं जाँदै गरेको भारतीय पर्यटक बोकेको बस आँबुखैरेनी गाउँपालिकाको ऐना पहराबाट मस्र्याङ्दी नदीमा खसेको थियो । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्बरप्लेटको बस नदीमा खसेको हो । प्रहरीका अनुसार गोरखपुरबाट नेपाल आएको बसले गएको मंगलवार बेलहिया नाकाबाट आठ दिनको रुट परमिट लिएको थियो ।

पर्यटकलाई भैरहवाबाट पोखरा पुर्‍याएर काठमाडौंतर्फ गुड्दै गर्दा सडकबाट नदी किनारमा खसेको जनाइएको छ । बर्खाका बेला पृथ्वी राजमार्ग वा नारायणगढ - मुग्लिन सडकमा अक्सर दुर्घटना भइरहन्छन् । यो सडकको स्तरोन्नति पनि भएको हो । तर दुर्घटना कम हुनुको साटो भयानक दुर्घटनाहरु निम्त्याई रहेको छ । राजमार्ग वा कुनै सडकमा हुने यस्ता दुर्घटनालाई नियमित आकस्मिकतमात्रै मान्न सकिन्न । सडक दुर्घटनाका अनेक कारण छन्, जसलाई कम गर्न सकिन्छ । राजमार्गहरू र झन् नदी किनारको सडकमा भइरहने दुर्घटनाको खास कारण खोजी निदान गर्नु जरुरी छ ।

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update