Shittalpati
तानसेनमा निकालियो भिमसेन रथयात्रा
तानसेन नगर परिक्रममा गराउँदै भिमसेन रथयात्रा । तस्वीर : राजेन्द्र गोपाल सिंह

पाल्पा, तानसेनमा भिमसेन रथयात्रा निकालिएको छ । हरेक वर्ष जस्तै तासेनस्थित भिमसेन टोलमा रहेको भिमसेनको रथयात्रा शनिबार निकालिएको हो ।

यो हरेक वर्ष टक्सारटोलमा रहेको श्री ७ सूर्यविनायक गणेशको रथयात्रा निकालेको भोलिपल्ट निकाल्ने गरिन्छ । तानसेनका नेवार समुदायले विशेष गरी यो मनाउने गर्छन् । रथलाई तानसेन नगरपरिक्रम गरी निकालिएको थियो । तानसेनको भिमसेनटोलस्थित भीमसेन मन्दिर परिसरबाट निकालिएको रथ यात्राले तानसेन नगर क्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो । सो क्रममा भीमसेनको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराइएको थियो । नेवार समुदायका मानिससहित अन्य समुदायका व्यक्तिहरुको समेत सहभागिता रहेको थियो । रथ यात्रा गर्दा धेरैजसो नेवार समुदायहरुले आ–आफ्नो घर–घरबाट भगवानलाई पूजा दिएका थिए । इतिहास बोकेको भीमसेन रथ यात्राको रौनक भने विस्तारै हराउँदै गएको छ । आधुनिकताका कारण यो रथ यात्रासँगै पाल्पामा मनाइने जात्रा, चाडपर्वको रौनक घटेको हो । जात्रा खर्चिलो भएकाले पनि आर्थिक अभावका कारण पछिल्ला वर्षहरुमा गाई जात्रा, रोपाइँ जात्रा निकाल्ने प्रचलन कम हुँदै गएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update