Shittalpati
‘राष्ट्रप्रेमी’ बस्यालले दिए विद्यार्थीलाई कलम

पाल्पा, ‘राष्ट्रप्रेमी’को नामले परिचित पाल्पाको बगनासकाली गाउँपालिका –८ बेलौतिखरकका सुशिल बस्यालले स्नातक तहका विद्यार्थीहरुलाई कलम दिएका छन् । 

उनले त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाको स्नातक तह तृतिय वर्षको परीक्षा दिन लागेका विद्यार्थीहरुलाई क्याम्पसमै पुगेर कलम वितरण गरेका हुन् । त्रिभुवन बहुमुखी क्याम्पसका स्ववियु सदस्य समेत रहेका बस्यालले विद्यार्थीहरुसँगको सम्बन्धलाई थप प्रभावकारी र प्रगाढ बनाउनुको साथै आफु विद्यार्थीहरुसँगसँगै रहेको आभाष दिन कलम वितरण गरेको बताए । उनले कलम विद्यार्थीहरुका लागि सहयोग नभई भावनात्मक सम्बन्ध र सामाजिक एकताको सन्देश प्रवाह गर्नु रहेको एनजेडीसँगको कुरानाकानीमा उल्लेख गरे । क्याम्पस स्ववियु सभापति कृष्ण अर्यालले कलम वितरण गरेर बस्यालले सकारात्मक सन्देश प्रवाह गरेको बताए ।

क्याम्पसका पूर्व स्ववियु सभापति हरिवोल भट्टराईले सानै उमेरमा बस्यालले देखाएको सेवाको भावना  प्रशंसनिय रहेको बताए । बस्याल राष्ट्रिय फूल लालीगुराँस रोप्ने अभियानका अभियान्ता र सामाजिक क्षेत्रमा सक्रिय युवा समेत हुन् ।उमेरले २२ वर्ष पुगेका उनले गीतमार्फत होस् वा कर्म गरेरै किन नहोस् समाज र देशप्रति राष्ट्रभाव प्रकट गर्दै आएको पाइन्छ । केही वर्ष अघि देशको वास्तविक अवस्थालाई चित्रण गर्दैै ‘राष्ट्रप्रेमी’ नामक देशभक्ति गीत सार्वजनिक गरेका बस्याल अहिले भने शिक्षण पेशासँगै समाजलाई कसरी स्वच्छ, सफा र सुन्दर बनाउन सकिन्छ भन्ने अभियानमा जुटेका छन् ।

उनले समाजलाई स्वच्छ, सुन्दर बनाउन सके नागरिक स्वस्थ हुने र नागरिक स्वस्थ भए समाज र देश स्वस्थ बन्न सक्ने अठोटका साथ समाज स्वच्छ बनाउने दिशामा क्रियाशिल भएका छन् । उनले गाउँलाई हरियाली मात्र होइन राष्ट्रप्रतिको माया सबैलाई जगाउन राष्ट्रिय फूल लालीगुराँस रोप्ने अभियानलाई विगतदेखि नै निरन्तरता दिर्दै आएका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update