Shittalpati
गुल्मी प्रशासनले एक हप्तामै उठायो सात लाख भन्दा बढी राजस्व

गुल्मी, जिल्ला प्रसासन कार्यालय गुल्मीले एक सातामा सात लाख भन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले भदौ महिनाको पहिलो सातामै ७ लाख ३२ हजार पाँच सय राजस्व संकलन गरेको हो ।

सबैभन्दा बढी राहदानीबाट ७ लाख २२ हजार पाँच सय र संस्था नविकरणबाट  रु. १० हजार राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयले हरेक हप्ता गरेका कार्यहरुको विवरण सार्वजनिक गर्दै आईरहेको छ । जसमा १ सय ५ नागरिकता प्रमाणपत्रका प्रतिलिपि, ११ जना बालबालिकालाई नाबालक परिचयपत्र वितरण, १ सय ३९ वटा राहदानी आवेदन संकलन, १ सय ४४ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी हरि प्रसाद गैरेले बताए । सोही अवधिमा ८४ थान नयाँ नागरिकताका प्रमाणपत्र जारी गरिएको छ । राष्ट्रिय परिचय पत्रका लागि २ सय ५३ आवेदन संकलन, १ सय ५८ वटा  राष्ट्रिय परिचय पत्र वितरण गरिएको, ७१ वटा दलित, जनजाति  र २ सस्था पनि  प्रमाणित गरिएको गैरेले बताए ।

यहाँ आथिक वर्ष २०८०/८१ मा १२ हजार ४ सय ५० राहदानी वितरण भएको छ । जसबाट ६ करोड ४१ लाख ६७ हजार ३५० रुपैयाँ राजश्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षमा १५ हजार ८६ जनाले राहदानी लिएका थिए । जसबाट कार्यालयले ७ करोड ३८ लाख ६ हजार ८ सय रुपैयाँ राजश्व संकलन गरेको थियो । जिल्लामा गत वर्षको तुलनामा भने यो आर्थिक वर्ष २०८०/०८१ म भने केही कमी आएको हो । राहदानी लिनेको संख्या घटेसँगै राजश्वमा पनि कमी आएको छ । पछिल्लो समय कार्यालयले साप्ताहिक रुपमा गरेका कार्यहरुको सबै नागरिकलाई जानाकारी गराउने उद्देश्यले हप्तैपिच्छे गरेका कार्यसम्पादनको विवरण सार्वजनिक गर्दै आएको उनको भनाई छ ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update