Shittalpati
रानीमहल जाँदै गरेको कार तानसेनको नारनडाँडामा दुर्घटना, चालकको मृत्यु

पाल्पा, पाल्पाको ऐतिहासिक तथा पर्यटकीयस्थल रानीमहल जाँदै गरेको कार तानसेन नगरपालिका–१ नारनडाँडामा दुर्घटना भएको छ । तानसेनबाट रानीमहलतर्फ जादै गरेको भारतीय नम्बर प्लेटको यूपी १४ डिएन १०४ नम्बरको कार आइतबार राती दुर्घटना भएको हो ।

दुर्घटनामा चालक भारत उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । दुर्घटनामा गम्भीर घाईते भएका पाठकको उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् ।

कार आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय ५० मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update