Shittalpati
राष्ट्रिय गौरव : पाल्पाको भगवती जात्रा

शुभारम्भ :
नेपाली शब्दकोष अनुसार देवदेवीका स्थानमा निश्चित दिनमा पुजाआजा सहित मनाइने विशेष प्रकारको उत्सव यात्रालाई जात्रा भनिन्छ । पाल्पाको तानसेनमा हरेक वर्ष जनैपूर्णिमाको भोलिपल्टदेखि भाद्रकृष्ण नवमीका दिनसम्म जात्रा महोत्सव मनाइन्छ । तानसेनमा विशेषतः गाइजात्रा, रोपाइँ जात्रा, वाघजात्रा, गणेश जात्रा, भीमसेन जात्रा, कृष्ण जात्रा, नारायण जात्रा र भगवती जात्रा मनाइन्छ । परम्परा अनुसार पाल्पाको तानसेनमा भाद्र कृष्ण नवमीका दिन भगवती जात्रा मनाइन्छ । तानसेनमा मनाइने ऐतिहासिक भगवती जात्रा ९ खटयात्रा०का विषयमा यहां चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ।

उजिरसिंह थापाको परिचय :
पिता नयनसिंह थापा र माता रणकुमारीको जेष्ठ सुपुत्र उजिरसिंह थापाको जन्म वि।सं। १८५२ साल चैत्र कृष्ण प्रतिपदाको दिन भएको हो। पिता नयनसिंह थापाको निधन भएसंगै उजिरसिंह काका भिमसेन थापाको निगरानीमा हुर्केका थिए । भिमसेन थापाले यिनलाई विशेष माया गर्ने हुनाले र धनकुटा, सप्तरी, बारा र पर्सा क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरे वापत सानै उमेरमा यिनले कर्णेलको पद्वी पाएका थिए ।

पाल्पा आगमन :
पाल्पा राज्यलाई नेपाल अधिराज्यमा विलय गराउने पाल्पाका तैनाथवाला अमरसिंह थापाको देहान्त भएपछि उनकै नाति उजिरसिंह थापा पाल्पाको तैनाथवाला भई वि।सं १८७१ आश्विनमा पाल्पा आएका थिए । उन्नीस वर्षकै कलिलो उमेर भएतापनि उनी छलियुद्धमा निपूर्ण र कार्यसम्पादनमा कुशल थिए । दश वर्षसम्म पाल्पा गौंडाको अख्तियारी समाल्दै वि।सं १८७१ मंसिर महिनामा उनको देहान्त भयो। उनीपछि भीमसेन थापाका भाइ बख्तारसिंह थापा पाल्पा गौंडाको प्रशासक भएर आए ।

नेपाल अंग्रेज युद्ध :
वि।सं १८७१ देखि नेपाल अंग्रेजविच युद्ध शुरु भयो। अंग्रेजहरु जुन माध्यमबाट भएपनि नेपाल प्रवेश गर्न खोज्नु नै युद्धको प्रमुख कारण थियो । हिन्दुस्तान अंग्रेजको अधीनमा रहेको र त्यहाँ गर्मी वढी हुने भएकोले उनीहरु पहाडी मुलुक नेपाललाई कब्जामा लिन चाहानुको साथै तिब्बतसँग व्यापार संचालन गर्न चाहन्थे। उनीहरुले एकैपटक नेपाललाई मकवानपुर, देहरादुन, लुढियान र बुटवलसहित चार क्षेत्रबाट आक्रमण गर्ने तयारीमा थिए ।

अमरसिंह थापाद्वारा युद्धको उद्घाटन :
नेपालको तर्फबाट सकेसम्म युद्ध नगर्ने प्रयास गरिएतापनि अन्ततः वि।सं १८७१ वैशाख १० गते अंग्रेजले आक्रमण गरी वुटबल क्षेत्रलाई कब्जामा लियो । पाल्पाका तत्कालीन तैनाथवाला अमरसिंह थापाले शक्ति संचय गरी प्रत्याक्रमण गरी अंग्रेजहरुलाई बुटबलबाट गोरखपुर तर्फ धपाए । यसरी अमरसिंह थापाले पाल्पा गौडाबाट नेपालका लागि अंग्रेजमाथि विजयको समुद‌घाटन गरेका थिए । युद्धको तयारीमा जुट्दाजुट्दै वि।सं। १८७१ असोजमै उनको देहान्त भयो ।

अंग्रेजको क्रियाकलाप :
अंग्रेजहरुको हार भएपछि मेजर जनरल सुलिभान उड फेरि बुटवल हुँदै पाल्पा आक्रमण गर्ने योजनामा थिए । पाल्पाबाट पलायन भएका युवराज रत्न सेन, कनकनिधि, गुरु पुरोहित भाइ भारदारहरु समेतले गुमेको पाल्पा राज्य फिर्ता पाइन्छ कि भनेर अंग्रेजलाई सुराकि दिइरहन्थे । जनरल उडले २६ कम्पनी सैनिकहरु सहित बुटवल आक्रमण गर्ने योजनामा थिए, उनीहरुले पाल्पालाई कब्जामा लिई काठमाण्डौसंग सम्पर्क विहिन बनाउने सोचमा थिए । उनीहरु आधुनिक हातहतियारले सुसज्जित थिए । उनीहरु अनेक हतकन्डा मच्चाउँदै बुटबल क्षेत्र आइपुगे ।

उजिरसिंहको पहिलो युद्ध :
आफ्‌ना सैनिक पहाडी इलाकामै रहने, तत्काल कुनैपनि प्रतिक्रिया नदिने र छलियुद्ध गर्ने उजिरसिंहको नीति थियो । उनीसंग ३ हजार जति सेनाहरु थिए । कनकनिधिको गलत सूचना संप्रेषणको कारण अंग्रेजहरु नुवाकोटगढी छाडेर जितगढीतर्फ लागे जहाँ उजिरसिंहले अंग्रेजहरुलाई लज्जाजनक रुपमा हराए । अंग्रेज सेनापति मेजर जनरल उडको छातिमा समेत मट्याङ्गाले लागि चोट पुग्न गयो । अंग्रेज सेनाको ठूलो क्षति भयो उनीहरु हातहतियार छाडेर ज्यान बचाएर भागे । अंग्रेज तर्फ ५ अफिसर र २८ सिपाहीको मृत्यु भयो भने नेपाली सेनाहरु करिब ७० जना जति मारिए । उजिरसिंहका निकटम सहयोगीहरु सरदार सूर्यबहादुर थापा, कुभ्मेदान कृपासुर थापा समेतले वीरगति प्राप्त गरे । ूसंसारलाई जित्ने अंग्रेज, अंग्रेजलाई जित्ने हामी पाल्पाली नेपाली, भगवती माताकी जयू भन्दै नेपालीहरुले जितगढीमा विजयोत्सव मनाए ।

अंग्रेजसँगको दोश्रो युद्ध :
नेपालको पश्चिमी क्षेत्रका नालापानी, जैथक र देउथलमा भएका युछहरुमा अंग्रेजहरु विजयी भएतापनि जितगढीको युद्धमा नराम्ररी पराजित भए । वि।सं। १८७२ वैशाखको पहिलो हप्ता अंग्रेज सेना पुनः बुटवल हान्ने तयारीमा खस्यौली आइपुग्यो । उनीहरुसँग २४ कम्पनी फौज थियो र दुईसय जति घोडचढी फौज थिए । दुईवटा अठार पाउण्डर गन र चारवटा मोर्टार थिए । अंग्रेजी फौजले खस्यौलीमा गोला बर्षा गरी बुटवल दरबार ध्वस्त पारुन्जेलसम्म पनि नेपाली फौज चुप लागेर बस्यो । कुनै प्रतिक्रिया नआएकोले अंग्रेजहरु निर्धक्क तिनाउ नदी तरेर पारी जितगढीतर्फ जान लाग्दा पहाडमा लुकि बसेका उजिरसिंह सहितका वीर नेपाली सेनाहरुले छल र हान रणनीति अपनाएर अंग्रेज सेनालाई भगाएरै छाडे । यसरी दोश्रो पटक समेत उजिरसिंहले अंग्रेजसंगको युद्ध जिते ।

सम्भाव्य तेस्रो युद्धको त्रासदि :
दुई दुई पटक अंग्रेजलाई परास्त गरेतापनि नेपाली सेनामा फेरी पनि युद्ध हुन्छ कि भन्ने त्रासदि कायमै रहन गयो। किनकि ठूलो संख्यामा रहेका अंग्रेजहरु लाई छलकपट र भयको आधारमा लखेटेर पठाइएको हो भन्ने कुरा उजिर सिंहलाई प्रष्टै थाहा थियो। उनी दोभान क्षेत्रमा अखडा जमाएर पूर्व तयारीका साथ बसेका थिए । नेपाल र अंग्रेजविच सुगौली सन्धि भएपछि सम्पूर्ण युद्धको समाप्ति भयो । 

युद्ध जित्नुको कारण :
बुटवललाई कब्जामा लिएतापनि पहाडी लडाइको ज्ञान तथा अनुभव नहुनु, कनकनिधि र जनरल उड बिचको आक्रमण सम्वन्धि योजनामा मेल नखानु, उजिरसिंहको युवा जोश र युद्धकलालाई अंग्रेजहरुले सही आंकलन गर्न नसक्नुको करणले नै अंग्रेजहरुको हार र नेपालीहरुको जित भएको थियो। यस्का साथै पाल्पा तानसेनस्थित भगवती माताको आशिर्वाद प्राप्त भएकोले समेत युद्ध जितिएको भन्ने उजिरसिंहलाई पूर्ण विश्वास थियो। अंग्रेजहरुको झण्डै दुईवर्षसम्मको युद्धमा नेपालले हार व्यहोर्नु परेको भएतापनि पाल्पा तथा पाल्पाली समेतको यस विजयले नेपाली गौरवलाई सदियौसम्म जिवन्त र वीर गोर्खाली भनी नाम राख्न ऐतिहासिक रुपमै मद्दत गरेको छ।

भगवती जात्राको शुभारम्भ :
नेपालमा विशेषतः वार्षिक रुपमा श्रावण(भाद्र महिनामा जात्रा मनाउने चलन छ । गाईजात्रा, रोपाईजात्रा, बाघजात्रा पाल्पा तानसेनका प्रचलित जात्राहरु हुन् । भाद्र कृष्ण नवमीका दिन मनाइने भगवती जात्रा ऐतिहासिक राष्ट्रिय गौरव बोकेको जात्रा हो। यो जात्रा चलाउने चलन कर्णेल उजिरसिंह थापाको पालादेखि भएको हो । उजिरसिंहको बाल्यकाल काठमाण्डौ उपत्यकामा बित्यो। त्यहाँ उनले वर्षेनी इन्द्रजात्रा, कुमारीजात्रा, मचिन्द्रनाथको रथजात्रा हेर्ने अवसर पाइरहे । ती जात्राहरुबाट प्रभावित भएर नै उनले पाल्पामा पनि भगवती जात्रा मनाउने
चलनको शुरुवात गराए । भगवती जात्रा मनाउँदै गरेको केही समयपछि नारायण जात्रा समेत निकाल्ने परम्परा बस्यो । यसपछि क्रमशः भीमसेन, गणेश र भैरवका जात्राहरु समेत निकालियो ।

सेन वंशीय राजाहरुको इष्टदेवी भगवती हुन् । भगवतीको अर्को रुप विन्ध्यवासिनी अर्थात् योगमाया हो । योगमाया भगवान श्रीकृष्णकी बहिनी हुन् । श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीका दिन भएको हुँदा यसैलाई ध्यानमा राखी औपचारिक रुपमा वि।सं १८७७ सालदेखि भगवती जात्रा मनाउन लागिएको हो।

वि।सं १८७१ मा अंग्रेजहरुले नेपाल विरुद्ध युद्धको घोषणा गरेपछि पाल्या गौडाका तैनाथवाला उजिरसिंह थापाले भगवती मातासंग युद्धमा विजय हुने आर्शिवाद माग गरे । युद्धमा विजयी भएमा भगवतीको ठूलो मानमनितो गर्ने, सहकारी तरवले सलामी अर्पण गर्ने, सिन्दुरे जात्रा गर्ने, कलात्मक मन्दिर निर्माण गर्ने भनी भाकल गरे । बुटवल क्षेत्रको युद्धमा दुई(दुई पटक उजिरसिंह थापाले अंग्रेजहरुलाई लडाई हराए । जितगढीको युद्धमा संसार जित्ने अंग्रेजहरुको पाल्पाली सेनासंग नराम्ररी पराजय भयो । उजिरसिंहको भाकल पूरा भयो र उनले रणउजिरेश्वरी भगवती माताको नामाकरण गरी विधिवत रुपमा भगवतीको पूजा अर्चना गरी हरेक वर्ष भव्य, सभ्य र दिव्य रुपमा जात्रा निकाल्ने परम्परा बसाए ।

कलात्मक मन्दिरमा अष्टधातुको मूर्ति प्रतिष्ठापित गरेसंगै भगवतीको नित्य पूजाका लागि पूजारीका रुपमा पाटनबाट चन्द्रमुनि बज्राचार्य र गुठी व्यवस्थापनका लागि भक्तपुरवाट सुक्तमान बौद्धाचार्यलाई तानसेनमा झिकाए । पाल्पा तानसेनको सेरोफेरोमा गुठी संचालकको लागि ३१७ मुरी धान उब्जने खेतको समेत व्यवस्थापन गरिदिए । वि। सं १९९० सालको महाभुकम्पको कारण यो मन्दिर भत्किएपछि वि। सं १९९९ सालमा यसको पुनः जिर्णोद्धार भएको हो । वि। स। २०३१ सालमा ढुङ्गे स्लेटको छाना लगाई दुईतले मन्दिर निर्माण भएको हो।

नेपाली सेना र गणको कार्य :
नेपाली सेनाको गोरखदल गणले गणपति प्रमुख सेनानी श्री कृष्णबहादुर जिसीको कार्यकालमा जीतगढीको लडाइको सम्झनामा नेपालीको वीरता र धीरतालाई उत्कीर्ण गरी भगवती मन्दिरको प्राङ्गणमा विजयी स्तम्भ निर्माण गरेको छ। यसैगरी श्री चण्डीप्रसाद गणले गणपति प्रमुख सेनानी श्री दीर्घबहादुर चन्दको कार्यकालमा उजिरसिंहको वीरगाथालाई जीवन्त राख्न पाल्पा उद्योग वाणिज्य संघको सहकार्यमा तानसेन टुडिखेलको पूर्वी कुनामा कर्णेल उजिरसिंह थापाको पूर्ण कदको शालिक निर्माण गरेको छ ।

भगवती जात्रारमन्दिरको महत्व :
पाल्पा तानसेनमा रहेकी रणउजिरेश्वरी भगवती शक्तिकी केन्द्र हुन् । जसलाई जगाउन वैदिक नियमपूर्वक आह्वान गर्नुपर्ने हुन्छ । संसारलाई जिल्ले अंग्रेज तर अंग्रेजलाई जित्ने पाल्पाली भनेर इतिहासमा लेखिदै आएको छ। कठोर साधना, अनुशासन र आचार संहिता पालना गर्नाले सफलता मिल्दछ भन्ने सन्देस समेत यस मन्दिर र जात्राले दिएको छ । शक्ति केन्द्रहरुले पनि श्रद्धा र आदर भाव सहित विश्वास गरी आराधना गर्ने संस्कार बसालेर माया र सत्यताको शिक्षा दिन खोजेको पाइन्छ । ईश्वर सर्वव्यापी छ, जब जिवित प्राणी अप्ठेरोमा पर्छन् तव त्यो प्राणीले सबै कुरा विर्सी अदृश्य शक्तिसंग भावनात्मक सम्बन्ध राखि प्रार्थना गर्छन् र भाकल पूरा गर्छन् । आराधना गर्नेकै अगाडी दैवीशक्ति उपस्थित हुन्छ भन्ने सत्य तथ्य उजिरसिंह र भगवती मन्दिररजात्राबाट प्रमाणित हुन्छ । नेपाली तले शैलीमा निर्मित यो मन्दिरमा उजिरसिंह थापाको उचाई बराबरकै गजूर छ । मूर्ति महिषासुर मर्दिनीको वर्णनमा आधारित रहेको छ । तान्त्रिक विधिभित्र लुकेका दार्शनिक पक्षहरु थुप्रै छन् । वास्तुकला, धातुकला र सांस्कृतिक विकासमा समेत उल्लेखनीय योगदान रहेको छ । तान्त्रिक विधिभित्र लुकेका दार्शनिक पक्षहरु थुप्रै छन् । वास्तुकला, धातुकला र सांस्कृतिक विकासमा समेत उल्लेखनीय योगदान रहेको छ ।

समस्त नेपाल र नेपालीको ऐतिहासिक विजयोत्वको रुपमा दुई शताब्दि अधिदेखि निरन्तर भगवतीको पूजा र जात्रा निकाल्ने परम्परा अधावधि रहँदै आएको छ । नेपाली सेनाद्वारा सलामी अर्पण गरेपछि सम्पूर्ण सरकारी, गैर सरकारी, संस्था अगुवाहरु एवं सम्पूर्ण सर्वसाधारण समेत भइ हरेक वर्ष अति उच्च सम्मानका साथ रणउजिरेश्वरी भगवतीको रथयात्रा निकालेर बजार परिक्रमा गराईन्छ । जसले नेपालीहरुको वीर गाथा संसारभर फैलाउँदै नेपाली राष्ट्रियता र संस्कृतिको जगेर्ना गर्नमा महत्वपूर्ण योगदान पुऱ्याउँदै आएको छ । 

समापन :
हरेक वर्ष भव्य, सभ्य, र दिव्य रुपमा मनाइने भगवती जात्रा र नियमित पुजा व्यवस्थापनका लागि कार्यसम्पादन गर्न मन्दिर व्यवस्थापन समितिलाई निकैने चुनौतिपूर्ण रहेको छ। यसका लागि सबैको यथासक्य सहयोगको खाँचो छ। जारा र पर्व भनेको हाम्रो संस्कृति हो। संस्कृति भनेको मान्छेले पालना गर्दा गर्दै विकसित भएर मान्य रुपमा स्थापित उच्च अस्तित्व हो । अस्तित्वको रक्षा गर्न सकेमा मात्र कुनै पनि व्यक्ति, समाज र राष्ट्रले अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाउन सक्दछ। अतस् राम्रा र असल गुणहरुको अङ्गिकार गर्न हामीले हाम्रा अग्रजहरुबाट सिकौ र सन्तति पुस्ताहरुलाई सिकाऔं । जसबाट समाजमा स्वच्छ सभ्यताको विकास हुन्छ । सभ्यताको विकास हुनु नै संस्कृतिको संरक्षण र संवर्द्धन हुनु हो। अन्त्यमा तानसेनमा रहेकी रणउजिरेश्वरी भगवती शक्तिकी केन्द्र हुन् । जसलाई वैदिक नियमपूर्वक आव्हान गरी जगाएर आर्शिवाद लिन सकियो भने समग्र मुलुककै कल्याण हुनेछ ।

समग्रमा भन्नु पर्दा पाल्पाको भगवती जात्रालाई राष्ट्रिय गौरवको रुपमा लिइएको छ। यद्यपी अंग्रेजसँग लड्ने चार वीर योद्वाहरु भक्ति थापा, अमरसिंह चापा, बलभद्र कुंवर, उजिरसिंह थापा मध्ये राज्यले उजिरसिंह बाहेक अन्य तीन योद्धालाई राष्ट्रिय विभूति घोषणा गरेको छ । तर जून(जुन स्थानमा ती विभूतिहरुले युद्ध गरेको थिए, ती स्थानमा नेपालीहरुको हार भएको थियो भने कतैको भु(भाग जितेरपनि गुमाउनु परेको थियो । जितगढीमा मात्र नेपालीहरुले अंग्रेजहरुलाई जितेका थिए । यति हुँदा हुँदै पनि उजिरसिंह थापालाई राष्ट्रिय विभूतिको रुपमा
किन मानिएन रुयो गम्भीर प्रश्नको रुपमा रहिरहेको छ ।
राज्यले वीर उजिरसिंह थापालाई राष्ट्रिय विभूति र भगवती जात्रा (खटयात्रा) लाई राष्ट्रिय पर्वको रूपमा शीघ्र घोषणा गरोस ! (साभारस् अनुस्मृति)
(रेग्मी पाल्पाका स्थापित साहित्यकार र पाल्पाको इतिहास, संस्कृति तथा सम्पदाको पक्षमा कलम चलाउने लेखक हुन्)

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update