Shittalpati
पाल्पाको भगवती रथयात्रालाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्नदेखि दरबार संग्रहालयलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न राष्ट्रपतिको चासो 

पाल्पा, राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको भवती रथयात्रालाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्ने र दरबार संग्रहालयलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न  चासो देखाएका छन् । मंगलबार  पाल्पाको तानसेनमा २ सय ५ औं भगवती रथयात्रामा सहभागी हुन आएका उनले रथयात्रालाई अब प्रदेशस्तरीयबाट राष्ट्रिय पर्वका रूपमा घोषणा गर्ने सरकारी तयारी चाँडै पुरा हुने विश्वास व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले बताएका हुन् ।

उनले पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति पौडेलले पाल्पा दरबार र त्यहाँ निर्मित संग्रहालयसहित समग्र दरवार परिसरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने र त्यसलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने चाहना र प्रयासलाई मूर्त रूप दिन सरकारको ध्यानाकर्षण गराएको बताए ।

प्रेस सल्लाहाकार पोखरेलका अनुसार राष्ट्रपति पौडेलले रणउजेश्वरी भगवतीको मन्दिर पुरानै शैलीमा तीन तले बनाउन पुरातात्विक विभागले गरेको सिफारिश कार्यान्वयन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन् ।  

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update