Shittalpati
सम्पादक रायमाझी पुरस्कृत

पाल्पा, नवजनचेतना राष्ट्रिय दैनिक र शितलपाटी डटकमका सम्पादक रामचन्द्र रायमाझी लेखनवृत्ति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाले मंगलबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरि रायमाझीलाई पुरस्कृत गरेको हो ।

उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नगद सहित प्रमाणपत्रबाट सम्मान गरेका हुन् ।

विगत डेढ दशकदेखि पाल्पामा रहेर सक्रिय पत्रकारिता गर्दै आएका रायमाझीले विशेष गरी आर्थिक, राजनीतिक, सामाजिक क्षेत्रमा सक्रिय रुपमा कलम चलाउँदै आएका छन् । अर्थशास्त्रबाट स्नाकोत्तर अध्ययन गरेका रायमाझीले पुरस्कृत भएसँगै पत्रकारिता क्षेत्रमा लाग्न थप उत्प्रेरण मिलेको बताएका छन् ।

महासंघले रायमाझीसहित विभिन्न विधामा एक दर्जन पत्रकारलाई समेत पुरस्कृत गरेको छ । महासंघले लुम्बिनी मेडिकल कलेजबाट स्थापित राष्ट्रिय पत्रकारिता पुरस्कारबाट शाखाका पुर्व अध्यक्षहरु झपेन्द्र गहिरे र भगवान भण्डारी, मेघ गोविन्द, झपेन्द्र पत्रकारिता पुरस्कारबाट शाखाका संस्थापक सचिव भरत शर्मा, तानसेन नगरपालिकाबाट स्थापित उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकारहरु कृष्ण कार्की, यम गाहा (मिलन) र मुक्ति न्यौपाने, जिल्ला समन्वय समितिबाट स्थापित सिर्जनशिल पत्रकारिता पुरस्कारबाट मिलन विक, कृष्ण दर्नाल र सिता डोटेल, रामपुर नगरपालिकाबाट स्थापित ग्रामिण पत्रकारिता पुरस्कारबाट शुसिला रेग्मी र रमा भण्डारी, सामाजिक जागरण पत्रकारिता पुरस्कारबाट दयाराम न्यौपाने र मानवअधिकार पत्रकारिता पुरस्कारबाट नारायाण न्यौपाने पुरस्कृत गरेको हो । यसैगरी महासंघले लेखनवृत्ति पत्रकारिता पुरस्कारबाट विरेन्द्र घिमिरे, विष्णु खनाल, कमल अधिकारी, नेत्र गैरे, रिमा सोमै, सुनिल कार्की, धनबहादुर ठाडालाई पुरस्कृत गरेको छ ।  कार्यक्रम महासंघका अध्यक्ष रेखीराम रानाको अध्यक्षता, उपाध्यक्ष भरत शर्माको स्वागत र सचिव यज्ञमुर्ति तिमल्सीनाको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update