Shittalpati
झुकेको सत्ता 

✍️ बिमला पाण्डे

जलाँउछ, कि आफु नै जल्छ होला , 
ढल्छ कि अरूलाई ढलाउँछ होला ।

जनताले खोज्छ असल शासक, 
विश्वासको प्रतिनिधि बन्दा झुटो भाषक ॥

कानुन बलियो भएर मात्र देश बलियो बन्छ,
सत्ताले निम्त्याएको बाढीले के देश रहन्छ । 

पदकोलागि गरिबको पछि लाउँछ 
आश्वासन मात्र हो दुःखीले खै के पाउँछ ॥

राजनिती भित्र देशको सत्ता लुकेको, 
त्यसैले देश झन पछि झन झुकेको ।

भ्रष्टाचारको नियतीले देश नै गलेको ,
झुटो राजनिती भित्र देश नै जलेको ॥

अपराधी लुक्छ यहाँ निर्दोषले सजाय पाउँछ ,
कहिले बन्द हुन्छ , यो पाटो शान्ति कहिले छाउँछ ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update