Shittalpati
आज विश्व आणविक परीक्षण विरुद्धको दिवस

पाल्पा, आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै छ । मानव अस्तित्वलाई विनाशकारी र हानिकारक हुनबाट बच्न आणविक परीक्षणहरू अन्त्य गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।

सन् २००९ को डिसेम्बर २ मा संयूक्त राष्ट्रसंघको ६४ औं सभाले २९ अगष्टलाई आणविक हतियार विरुद्धको दिवस मनाउने चलन शुरु गरेको थियो । आणविक हतियारहरु सामूहिक बिध्वशं गर्ने हतियार हुन् । मानव सभ्यताको विकास सँगै ढुंगे युगबाट आजको दिनसम्म आईपुग्दा तरवार, धनुषवाण, बन्दुक, हवाईजहाज हुँदै आणविक हतियारका साथ युद्ध लडेको देखिन्छ । दोश्रो विश्वयूद्धमा जापानको हीरोशीमा र नागासाकीमा क्रुर आणविक प्रक्षेपण भएको थियो । आणविक हतियार कति सम्म असर राख्छ भने हीरोशीमा र नागासाकीमा अझै पनि रुख बिरुवाहरु उम्रन सकेको छैन । आणविक हतियारका कारणले भएका बिकिरणका कारण विभिन्न स्वास्थ्यलगायतका समस्या र दिर्घकालिन असरहरु अझै पनि छँदै छन् । 

सन् १९४५ को अगस्त ६ मा भएको यो आणविक प्रहारमा करिब २ लाख सर्वसाधरणको दुःखद मृत्यू भएको थियो । हिन्दू शास्त्रहरुमा पनि कुनै पनि हतियारले कार्य नगरेमा ब्रमास्त्र प्रयोग गर्ने र प्रहार गर्ने अनि प्रहार खप्ने दुवैलाई पीडा हुने कथाहरु उल्लेख छ । ब्रमास्त्रसंग आणविक हतियारलाई तुलना गर्न सकिन्छ । महान वैज्ञानीक अल्वर्ट आईन्सटाईनको भनेका छन् । ‘मलाई तेश्रो विश्वयूद्ध भयो भने के हुन्छ थाहा छैन तर चौथों विश्वयूद्ध भयो भनेंचाही ढुङ्गाको हातहतियार प्रयोग हुन्छ ।’ त्यसैले आणविक शक्तिलाई गलत प्रयोग गर्नुहन्न । जसलाई नियन्त्रण र निस्तेज गर्नु आज विश्व समूदायको सामू ठूलो चुनौति बनि उभिएको छ । आणविक शक्ति विकास अनि वृद्धिका लागि हो, बिध्वंशकालागि हैन । आजको दिनले यस्तै कुराहरुलाई चरितार्थ गर्न खोजेको हो ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update