Shittalpati
सीजी कम्पनीमा मेसिनमा परेर कामदारको मृत्यु

पाल्पा, सीजी सिमेन्ट कम्पनीमा काम गर्ने एक कामदारको मेसिनमा परेर मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२, सर्देवास्थित सीजी कम्पनीभित्र मेसिनमा च्यापिएर धादिङको त्रिपुरासुन्दरी गाउँपालिका –६, का ४६ वर्षीय दिनेश शर्माको मृत्यु भएको हो ।

मंगलबार राति कम्पनीभित्र कोइला पिस्ने मेसिन सफा गर्ने क्रममा शर्माको मेसिनमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । उनका अनुसार  मेसिन बन्द गरी मेसिनभित्रको कोइला सफा गर्ने क्रममा अचानक मेसिन चल्दा शर्मा च्यापिएका थिए । उनको शवलाई विहीबार आफन्तहरू आएपछि मात्र घटनास्थलबाट उठाइएको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update