Shittalpati
जेष्ठ नागरिकलाई गाडी भाडा छुट दिने कार्यविधि कार्यान्वयनमा ल्याउन पहल गर्छुु : मुुख्यमन्त्री आचार्य

दाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सार्वजनिक सवारी साधनमा जेष्ठ नागरिकलाई भाडा छुट र सुविधा दिने कार्यविधि पूर्ण कार्यान्वयनको आफुुले पहल गर्ने बताएका छन् । सार्वजनिक सवारी साधनमा दुई वटा सिट सुरक्षित गरी ५० प्रतिशत गाडी भाडा छुट दिने कानुनी व्यवस्था भए पनि पूर्ण कार्यान्वयनमा नआउदा जेष्ठ नागरिकहरु समस्या परेको भन्दै मुख्यमन्त्री आचार्यले कार्यविधिको पूर्ण कार्यान्वयनसँगै ८० बर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनको भाडामा पूर्ण छुट दिने बारेमा प्रदेश सरकारले पहल गर्ने बताएका हुन् ।

९२ बर्षीय जेष्ठ नागरिक जुद्धप्रसाद भट्टराईसँगको भेटमा मुख्यमन्त्री आचार्यले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने जिम्मेवारी राज्यको भएकाले पाका पुस्ताको ज्ञान, सिप, क्षमता र अनुभवको सदुपयोग गरेर समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश बनाउने अभियानमा जोडिन सबै जेष्ठ नागरिकहरुमा अपिल गरे । उनले भने ‘जेष्ठ नागरिकलाई श्रद्धा, आदर र सदभाव अभिवृद्धि गर्ने काम राज्यले गर्छ,तपाईहरुको ज्ञान, सिप, क्षमता र अनुभव मुलुुक बनाउन खाँचो छ ।’

मुख्यमन्त्रीसँगको भेटमा जेष्ठ नागरिक भट्टराईले ८० बर्ष माथिका सबै जेष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनमा भाडा निःशुल्क बनाउन माग राखेका थिए । ‘हामीलाई सकभर गाडीमा चढाउदै चढाउदैनन् । चढाई हाले भाडा छुट दिदैनन’ उनले भने,‘हामी जेष्ठ नागरिकलाई यात्रामा पूर्ण छुट चाहियो ।’

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update