Shittalpati
प्रेस चौतारी पाल्पाले गर्यो तीज विशेष कार्यक्रम  

पाल्पा, प्रेस चौतारी नेपाल पाल्पा शाखाले हरितालिका तीजको अवसरमा भेटघाट, शुभकामना आदान प्रदान तथा दर खाने तीज मिलन कार्यक्रम गरेको छ । चौतारी तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष ओमबहादुर घर्तीमगरले चौतारी पाल्पाले मौलिक कला संस्कृतीको जर्गेना गर्दै एक आपसमा भेटघाट गराउदै दुःख सुख साट्ने काम गरेको बताए ।

कार्यक्रममा संविधान सभा सदस्य नारायणी शर्माले तीज महिलाहरुको विशेष पर्व भएकोले प्रेस चौतारी पाल्पाले आफ्ना सगठन भित्रका महिलाहरुसँगै विभिन्न पेशा तथा व्यवसाय गर्दै आएका महिलाहरुलाई समेटेर तीज विशेष कार्यक्रम राखेकोमा धन्यवाद दिईन । कार्यक्रममा निस्दी गाउँपालिकाकाकी उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले चौतारीको तीज विशेषमा सहभागी हुन आफु महिला दिदि बहिनीहरुसँग रमाउन, भेटघाट गर्न निस्दीदेखी तानसेन आएको बताईन् । कार्यक्रममा चौतारी लुम्बिनी प्रदेशका सह–इन्चार्ज कमलराज तिमिल्सीनाले पछिल्लो समय तीज भड्किलो, चड्किलो खर्चिलो बन्दै गएकोले मौलिकतालाई बचाउँदै तीज पर्व मनाउनु पर्नेमा जोड दिए ।

चौतारी पाल्पाले गत बर्ष देखी चौतारीमा आवद्ध महिला तथा चौतारी सदस्य परिवारसँग पुर्नमिलन भेटघाट गर्दै, नाच गानसहित मसिनो चिल्लो मिठोको रुपमा दर खुवाउँदै आएको छ । चौतारीका जिल्ला अध्यक्ष कृष्ण कार्कीले संगठनलाई बलियो, सक्रिया र चलायमान बनाउन एउटै गतिविधीले भन्दा फरक–फरक गतिविधी आवश्यकता रहेको बताए । चौतारीले कहिले होम स्टेहरुमा घुम्ती बैठक बस्ने, बार्षिक कार्ययोजना निर्माण गरेर काम गर्ने, तिहारमा देउसी भैलो खेल्ने, तीजमा दर खाने नाचगान गर्ने जस्ता कामहरु गर्दै आएको छ । काम गर्ने, रमाउने, खाने बस्ने पनि एक प्रकारले हामीहरुमा थप उर्जा आउने काममा जोश जागर बढ्ने अध्यक्ष कार्कीले बताए । कार्यक्रमको सञ्चालन सचिव नारायण न्यौपानेले गरेका थिए । 

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update