Shittalpati
बिरामी बोकेको एम्बुलेन्समा आगलागी

वालिङ, विरामी बोकेको एम्बुलेन्समा आगलागी भएको छ । स्याङ्जाको पुतली बजार नगरपालिका– ११ करेनडाँडास्थित सिद्धार्थ राजमार्गमा वालिङबाट बिरामी बोकेर पोखरातर्फ गइरहेको एम्बुलेन्समा आगलागी भएको हो ।

गह्रा्रै प्रथामिक अस्पताल वालिङ स्याङ्जाशको ग १ झ २७८ नम्बरको एम्बुलेन्समा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्ररही नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । उनका अनुसार एम्बुलेन्समा अचानक गाडीको तार सर्ट भई आगालागी भएको हो ।

एम्बुलेन्समा आगो लागेपछि बिरामीलाई तत्काल बाहिर निकालेको एम्बुलेन्स चालक देवप्रसाद रेग्मीले बताए । उनले भने, ‘एम्बुलेन्स चलिरहेको बेला गन्ध आयो र तत्काल हेर्दा मेरो बायाँतर्फ रहेको कागजात राख्ने बक्सबाट आगो बाहिर निस्कियो हामी अत्तालिँदै गाडीबाट बाहिर निस्कियौँ र ज्यान बचायौँ ।’ एम्बुुलेन्समा आगालागी भएपछि दमकल बोलाएर आगो नियन्त्रणमा लिइएको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक रानाले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update