Shittalpati
चन्द्रमा कमजोर भए के हुन्छ र ? स्त्रीलाई :

मुकुन्द पोखरेल

ज्योतिष शास्त्रमा महत्वपुर्ण ग्रहको आधारमा चन्द्रमा रहेको छ । चन्द्रमा स्त्री कारक ग्रह हो र चन्द्रमा मन को मालिक ग्रह हो । ज्योतिष शास्त्रका विभिन्न ग्रन्थमा चन्द्रमा कमजोर भएमा के के हुन्छ भन्ने कुरा बृहतहरूमा बर्णन गरिएको छ । चन्द्रमा शुभ ग्रह र पापग्रह पनि हो । शुभ ग्रह कस्तो अबस्थामा हुन्छ भन्नी शुक्ल पक्षको सप्तमी तिथिदेखि कृष्णपक्षको सप्तमी तिथिसम्म शुभग्रह हुन्छ भन्नी पापा चन्द्रमा कृष्णपक्षको सप्तमी तिथिदेखि शुक्लपक्षको सप्तमी सम्म पापा चन्द्रमा हुन्छ ।

कुनै पनि स्त्रीको पापा चन्द्रमा भए को बेलामा जन्म हुन्छ भन्नी विभिन्न रोगबाट ग्रसित हुने भन्ने र ज्योतिष शास्त्रमा चर्चा गरिएको छ । पापा चन्द्रममा जन्म भएका स्त्रीको जिवन निकै कष्टकर हुने बताईएको छ । ज्योतिष शास्त्रमा यो अबस्थामा जन्म हुने स्त्रीलाई विभिन्न रोगको समाना गर्नुपर्ने र सधै रोगसित पिडित हुनुपर्ने शास्त्रमा बताइएको छ । पापा चन्द्रमा को प्रभाव यस प्रकार रहेको छ । १-मानसिक असन्तुलन, तनावग्रस्त २-शशीरिक दुर्वलता, ३-चिसो जन्य रोग पीडित, ४- विचलित, ५-निर्णयात्मक शक्ती कम, ६- रक्तअल्पता, ७-धेरै रोगबाट ग्रस्त, ८-पराधिक प्रवृति, १०-कामातुर, ११-सञ्चित धनको नाश, १२-पापी मानिस हुन्छ, १३-नेत्र रोग बाट पिडित १४-शीतप्रधान रोग बाल, १५-कठोर, १६-मुर्ख, १७-झगडा गर्ने आदि । कुनै पनि मानिसको जन्मसमयमा पापा चन्द्रमा भएको बेलामा जन्म हुन्छ भन्ने यि माथी भन्नीएका रोगबाट प्रभावित हुन्छ भनिएको छ ज्योतिष शास्त्रका विविध ग्रन्थहरूमा यस्ता समस्याबाट स्त्री सधै ग्रहसित हुनुपर्ने छ । यस्तो अबस्थालाई रोक्नको लागि पनि ज्योतिष शास्त्रमा निकै धेरै उपायहरू बताइएको छ । यी १२ उपायले चन्द्रमालाई बलियो बनाउन सकिन्छ । १. घरमा चाँदीका चीजहरू राख्नुहोस् । २. सोमबार, एकादशी वा पूर्णिमामा व्रत बस्नुहोस् । ३. असल आस्था राख्नुहोस र जेष्ठ र बालिकाको खुट्टा छोएर आशीर्वाद लिनुहोस् । ४. मन्दिरमा चना र दाल चढाउनुहोस् । ५. सूर्य, बृहस्पति र मंगलको वस्तु दान गर्नुहोस् । ६. शिव, पार्वती र गणेशजीको पूजा गरिरहनुहोस् । ७. कुकुरलाई खाना खुवाउन जारी राख्नुहोस् । ८. हरेक दिन आफ्नो आमाको खुट्टा छुनुहोस् र उनको आशीर्वाद लिनुहोस् । ९. सोमबार सेतो लुगा लगाउनुहोस् । १०. दही, दूध, चामल, चिनी र घिउबाट बनेको खानेकुरा बिना नुन खानुहोस् । ११. चन्द्रमा ग्रहलाई अर्घ्य दिनुहोस् । १२. पूर्णिमामा चन्द्रकला पूर्ण हुने हुनाले चन्द्रमाले शक्ति प्रदान गर्दछन् । मन मानसिक अवस्था मनोवैज्ञानिक अवस्था सबै सुधार हुन्छ । पूर्णचन्द्र वास्तवमा सबैको प्रिय वस्तु पनि हुन सक्छ । पूर्णचन्द्रको उदय भएपछि दहीको अर्घ्य दिएर व्रत समापन गर्नुपर्छ । दिनमा षोडश कलाहरूको पूजा गर्नुपर्दछ । चाँदीको चन्द्रमा बनाएर पूजा गर्ने १६ वा २१ वटा पूर्णिमा पुर्‍याएपछि व्रत साङ्ग्यता गर्नुपर्छ । यदि माथी बताएका कुराहरू गरेमा पापा चन्द्रमाको प्रभाव कम पर्दै जाने छ भनेर ज्योतिष शास्त्रमा विशेष चर्चा गरिएको छ । 

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update