Shittalpati
आक्रोस

✍️ बिमला पाण्डे

आगो पनि त नठोसी बल्दैन् , 
लास पनि त अरुको हात नभई जल्दैन् ।

 जे छ त्यसमै रमाउनु पर्छ के छ सन्तुष्टि जस्तो ,
 कसले देखेको छ गएका गए कस्तो स्वर्ग नर्क कस्तो ॥ 

 नलेखेको लेख्न मन लाग्छ नदेखेको देख्न ,
 आफ्नो गल्ती नदेख्नेले अरूको बारेमा लाग्छ किताव लेख्न।

 हाँसो भित्र दुःख कै एउटा अनौंठो पात्र,
 शुन्य शुन्य छ आफ्नो जिवन हेर्दा लाग्छ जात्रैजात्रा ॥

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update