Shittalpati
पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल र डिजेलको मूल्य अब कति ?

पाल्पा, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले आइतबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।

जस अनुसार पेट्रोलमा प्रतिलिटर दुई, डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले मूल्य घटेको छ । आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाइएको निगमले जनाएको छ ।

नयाँ मूल्य आइतबार विहानदेखि लागू भएको निमगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ । एलपी ग्यासको खरिद मूल्यमा प्रतिसिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भएपनि हाललाई बिक्री मूल्य यथावत् नै राखिएको निगमले जनाएको छ ।

निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा तोकेको छ । यसअघि पेट्रोलको १ सय ६२ रुपैयाँ ५० पैसा रहेको थियो । दोस्रो वर्गका लागि एक सय ६२ पर्ने छ । यहाँ पनि यस अघि १ सय ६३ रहेको थियो । यस्तै तेस्रो वर्गका लागि एक सय ६३ तोकेको छ । यस अघि यहाँ १ सय ६४ थियो ।

निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५१ रुपैयाँ ५० पैसा पर्ने छ । यस अघि १ सय ५२ रुपैयाँ ५० पैसा रहेको थियो । दोस्रो वर्गका लागि एक सय ५३ पर्ने छ । यहाँ यस अघि १ सय ५४ रुपैयाँ थियो । यस्तै तेस्रो वर्गका लागि एक सय ५४ कायम भएको छ । यस अघि १ सय ५५ रुपैयाँ रहेको थियो । पहिलो वर्ग अन्तर्गत चारआली, विराटगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपाय रहेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update