प्रस्तावना
कविता,आख्यान, निबन्ध र नाटक साहित्यका चार विधाहरू हुन् । जसमध्ये कविता अर्थात् काव्य सर्वव्यापी विधाको रुपमा रहँदै आएको छ । पूर्वीय र पाश्चात्य साहित्यको विकास र विस्तारसँगै वर्तमान समयमा विभिन्न विधा/उपविधा/प्रविधाहरू प्रयोगमा आइरहेको परिप्रेक्ष्यमा नेपाली लघुतम् कविता साहित्यको इतिहासमा नवीतम् योगदान पुर्याउने उद्देश्यका साथ त्रिपदी काव्य उपविधाको रुपमा ‘त्रिशूल’ को परिकल्पना प्रस्तावनासहित यस आलेखमा सैद्धान्तिक विमर्श प्रस्तुत गरिएको छ ।
पृष्ठभूमि : प्राचीन कालमा साहित्यको समुच्य रुपलाई वाङ्मय भनिन्थ्यो । गद्य वा पद्यमा लेखिएका शास्त्र तथा काव्य दुवै प्रकारका समस्त भाषावद्ध रचनाहरूको समूह वा ग्रन्थलाई वाङ्मय भनिन्छ । समयक्रमसँगै वाड्मयले ज्ञानशास्त्रका विविध पाटाहरूलाई समेत प्रतिनिधित्व गर्दै आएकोले ‘साहित्य‘ भित्र कविता, आख्यान, नाटक र निबन्ध विधाहरू समावेश भएता पनि कविता अर्थात् काव्य भित्र लघुतम्देखि बृहतम् रूपसम्मका गद्य र पद्यमय विधा/उपविधा/प्रविधाहरू समावेश भएका पाइन्छन् । काव्य भन्नाले विशेषतः कविता, लघुकाव्य, खण्डकाव्य, महाकाव्य, गीतिकाव्य, नाट्यकाव्य समेतलाई बुझिन्छ । पूर्वीय र पाश्चात्य साहित्यको विकास र विस्तारसंगै विश्यव्यापी रूपमै उत्तर आधुनिक समयमा छोटा कविताहरू लेखिदै आइएका छन् । यसै परिप्रेक्ष्यमा नेपाली लघुतम् कविता साहित्यको उपविधा/प्रविधाको रुपमा नयाँ नयाँ प्रयोग र प्रस्तुतिहरू हुँदै आएका छन् । यस्ता उपविधाहरू द्विपदी, त्रिपदी, चतुष्पदी, पञ्चपदी, षट्पदी, सप्तपदीसम्म रहेका छन् । नेपाली साहित्यमा विशेषतः हाइकु, सुसेली, बाछिटा, कोपिला, साइनो, छेस्का, उदक, पञ्चक लगायतका त्रिपदी उपविधाहरू प्रयोगमा आइरहेको अवस्थामा त्रिपदी काव्य उपविधाको रुपमा ‘त्रिशूल’ को परिकल्पना शुभारम्भ गरिएको हो ।
त्रिशूलको जन्म र विकास
नेपाल राष्ट्र, लुम्बिनी प्रदेश, पाल्पा जिल्ला, तानसेन नगरपालिका वडा –३ भगवती टोल श्रीनगर क्षेत्र निवासी पुष्कर अथक रेग्मीले वि.सं २०७८ साल असार ७ गते सोमबार निर्जला एकादशीका दिन लघुतम् काव्य उपविधाको रुपमा चतुष्पदी काव्य ‘शीत’ को परिकल्पना गरेका थिए । ‘शीत’ काव्यले व्यापिकरण पाएसँगै पुष्कर अथक रेग्मीले पुनः मिति २०७८ भाद्र २२ गते मंगलबार, कुशे औंसी (बाबुको मुख हेर्ने दिन) मोति जयन्तीको दिनदेखि त्रिपदी काव्यको लघुतम् उपविधाको रुपमा ‘त्रिशूल’ को परिकल्पना प्रस्तावना गरेका हुन् । अथकद्वारा उक्त दिन मुहार पुस्तिकामार्फत सामाजिक सञ्जालमा त्रिशूलको परिचय सहित काव्य संप्रेषण गर्नुका साथै नवजनचेतना दैनिकमा प्रकाशन भएसँगै/ गरेपछि त्रिशूल काव्य यात्रा शुभारम्भ भई त्रिशूलको जन्म भएको हो । सर्वप्रथम सामाजिक सञ्जाल एवं पाल्पाबाट प्रकाशित हुने नवजनचेतना राष्ट्रिय दैनिकमा त्रिशूलहरू प्रकाशित हुन् । त्रिशूलको जन्मपूर्व नै परिकल्पनाकारले मिति २०७४/०४/३० मा तीन अक्षरी कविता सिर्जना गरेका थिए । त्रिशूल काव्यको परिकल्पना भएसँगै विभिन्न लघुतम काव्य उपविधाप्रति सरोकार राखी कलम चलाउने स्रष्टा/त्रिशूल यात्रीहरूले नियम/सिद्धान्त/सूत्र भित्र रही त्रिशूल लेखन, अनलाइन पत्रिका एवं सामाजिक सञ्जालमा संप्रेषणका साथै विभिन्न पत्रपत्रिका तथा सद्रालोहरूमा प्रकाशित गर्दै गएका छन् । विशेषतः नवजनचेतना राष्ट्रिय दैनिक, पोखराथोक साहित्य संगम पाल्पाद्वारा प्रकाशित बाटिकामा केही त्रिशूल काव्य र संक्षिप्त सैद्धान्तिक विमर्श प्रकाशित भएका छन् । त्रिशूल काव्य यात्रा नामक सामाजिक सञ्जाल समूहद्वारा यसले व्यापकता पाउँदै गएको छ । त्रिशूल यात्री पारखीहरूले समेत सामाजिक सञ्जालमार्फत त्रिशूल संप्रेषण गर्दै आएका छन् । नेपाली लघुतम कविता–काव्य साहित्यको इतिहासमा त्रिपदीय काव्य सिर्जनामा अत्यन्त लघुतम स्वरूपमा त्रिशूल काव्य उपविधालाई स्वीकार गरी यसको विकास र विस्तार हुँदै जानेछ भन्ने कुरामा विश्वस्त रहन सकिन्छ ।
त्रिशूलको अर्थ : त्रिशूल मिलेर त्रिशूल बनेको छ । त्रि को अर्थ तीन हुन्छ भने शूलको अर्थ प्राचीनकालको भाला जस्तो तीखो र घोच्ने फलामे हतियार हुन्छ । यी दुवै अर्थलाई मिलाप गर्दा नेपाली शब्दकोष अनुसार, शिवजीको प्रधान शस्त्र भनिने तीन चुच्चे भएको एक हतियारलाई ‘त्रिशूल’ भनिन्छ ।
त्रिशूल काव्यको परिभाषा : अरस्तुका अनुसार, “भाषाका माध्यमले अनुकरण गरिने कलाको आदर्श रूप नै कविता हो ।” राष्ट्रकवि माधव प्रसाद घिमिरेका अनुसार, “शब्द र संगीत, अर्थ र अभिप्रायमा तदाकार भएर जो अनौठो अनुभूति हुन्छ, त्यही नै कविता हो ।” उल्लेखित परिभाषाहरूको मनन् र त्रिशूलको अर्थ तथा संरचनालाई संयोजन गरी अचकले त्रिशूल काव्यको परिभाषा यसरी दिएका छन् :– “त्रिशूल त्रिपदी लघुतम् काव्य हो” “त्रिशूल शब्दार्थपूर्ण अनौठो अनुभूतिमय त्रिपदी काव्य हो ।” “छ, सात, आठ वा नौ अक्षरमा संरचित त्रिपदी काव्य त्रिशूल हो ” “त्रिशूल मुक्तकीय संरचना निकट पृथक त्रिपदी काव्य हो ।”
त्रिशूलको संरचना : पाश्चात्य साहित्यमा त्रिपदी कवितालाई पनि मुक्तक काव्य निकट राखिएको छ । जसलाई ट्रसेट ट्रिप्लेट (त्भचकभत रत्चष्उभित) भनिएको छ । यद्यपि त्रिपदी काव्य चतुष्पदी काव्य मुक्तकका विशेषता भन्दा फरक देखिन्छन् । त्रि को अर्थ तीन भएकोले तीन पंक्तिभित्र ६,७, ८ वा ९ अक्षरको संरचनामा लेखिएको एक श्लोक काव्यलाई त्रिशूल भनिएको छ । चार हरफ पंक्तिमा हुने काव्यिक रचनालाई चतुष्पदी भनियो भने तीन हरफ (पंक्ति, पद हुनेलाई त्रिपदी भन्न पाइयो । यसर्थ तीन शब्द भएकालाई त्रिपदी भनियो र त्रिशूल नामाकरण गरियो । अति प्राचीन वाङ्मय वेदमा समेत त्रिपदी शब्द प्रयोग भएको पाइन्छ । हाम्रा भजन र टुक्काहरू समेत त्रिपदी शैलीमा लेखिएका छन् । त्रि अर्थात् तीनलाई नै किन आधार लिइयो भन्ने सन्दर्भमा इच्छा, ज्ञान र क्रियाकै आधारमा हाम्रो दिनचर्या चलेको छ । त्रिशक्तिकै आधारमा सृष्टि र सिर्जनाहरू चलेका छन् । काव्य सिर्जनाका लागि समेत त्रिशक्तिकै आवश्यक छ । काशी, प्रयाग र गया यी तीन प्रसिद्ध या बढी हुनु, अनुप्रास (तुक) नमिल्नु, सूत्र नमिल्नु, भाव नखुल्नु, शब्द संयोजन नमिल्नु, शुद्धाशुद्धि नमिल्नु, व्याकरणका नियमहरू कर्ता, क्रिया, कर्म र कालसंगति नहुनु लगायतका दोषहरू हुन सक्छन् । सम्भाव्य दोषहरू चिनेर दोषमुक्त त्रिशूल लेख्नु पर्दछ । त्रिशूलको उदाहरण: (क) २+२+२. ६ अक्षर चिम्म आँखा झिम्म (ख) २+३+२.७ अक्षर छप्की आइछ लप्की (ग)३+२+३.८ अक्षर नक्कल खैत सक्कल (घ) ३+३+३.९अक्षर कसिलो अपूर्व रसिलो : प्रस्तावनामा भनिए जस्तै नेपाली लघुतम कविता साहित्यको इतिहासमा नवीनतम् योगदान पुर्याउनु त्रिशूलको उद्देश्य हो । यसका साथै काव्यिक माध्यमद्धारा सामाजिक, साँस्कृतिक, आर्थिक, राजनैतिक, समसामयिक घटनाक्रम र विक्ति विसंगती माथि विद्रोह गर्दै त्रिशूल बनेर अचूक प्रहार गर्नुका साथै माया, प्रिति, यौवन, रहर, सुख, दुःख, कथा, व्यथा, इतिहास एवं नैतिक शिक्षाको संप्रेषण गरी सरोकारवालाहरू सबैको ध्यानाकर्षण गराउनु लघुतम त्रिपदी काव्य त्रिशूलको उद्देश्य हो । कविता, लघुकाव्य, खण्डकाव्य, महाकाव्य एकैचोटी कसैले पनि लेख्न सक्दैनन् । कुनै कुरा र घटनाक्रमले आफूलाई छोयो भने पनि अञ्जान व्यक्तिहरू सिर्जना गर्न सक्दैनन् । सिकारुहरूले पनि अर्थ न वर्षका सिर्जना गर्छन् यसर्थ अभिव्यक्तिलाई छोटकरीमा सूत्रात्मक ढंगले प्रस्तुत गर्न सकिने नवीनतम् काव्यको रुपमा, त्रिशूललाई लिन सकिन्छ । भाव र अर्थालद्रार छैन भने लामा र ठूला काव्यहरू पनि निरस साहित्य हुन सक्छन् । अतः सामान्य सरल शब्द र संरचनामा चोटिलो र पोटिलो शब्दहरू मार्फत मर्म र गर्व भेदी त्रिशूल प्रहार गरेर काव्य उपविधा सिर्जना गर्न सिकारु,क्रियाशील, स्थापित र प्रतिष्ठित सबै स्रष्टालाई लघुतम् त्रिशूल उपयोगी, सहयोगी र प्रयोगी काव्यको रुपमा उपस्थित भएको छ ।
निष्कर्ष : ‘त्रिशूल‘ हाइकु, सुसेली र बाछिटा जस्ता त्रिपदीय काव्यको लघुतम् रुप हो । काव्यिक इतिहासमा त्रिशूल नेपाली माटोमा जन्म भएको लघुतम त्रिपदी काव्य हो । ताड्का, सेन्यू, हाइकु आदि विदेशी शैलीका काव्य भएकाले नेपाली साहित्यमा समस्यापूर्तिको रुपमा ‘त्रिशूल’ लाई लिन सकिन्छ । नेपाली साहित्यमा हाइकुको बगैचा फस्टाएझै आगामी दिनमा ‘त्रिशूल’ काव्यले व्यापकता पाउनेछ । त्रिशूल सिद्धान्ततः त्रिपदी आयामिक संरचनामा आवद्ध हुन्छ र बद्ध तथा मुक्त दुवै ढाँचामा लेखिन्छ । त्रिशूल काव्य लेखनमा विशेषतः बिम्ब, प्रतीक, रस, अलड्ढार, अर्थ, भाव, भाषा, शैली जस्ता पक्षहरूले जीवन्त भूमिका खेलेका हुन्छन् । त्रिशूल चोटिलो, पोटिलो र गर्विलो सहित अर्थ पूर्ण एवं परिष्कृत हुनुपर्दछ । सरल शुद्ध ठेट नेपाली बोलीचालीको भाषामा त्रिशूल लेख्दा काव्य अत्यन्त सुन्दर र प्रभावशाली हुन जान्छ । त्रिशूलको परिकल्पना भएसंगै सामाजिक संजालहरू मार्फत त्रिशूल संप्रेषण हुँदै आएको छ भने विभिन्न पत्रपत्रिका, संगालो, विशेष’ एवं साहित्यिक कृतिहरूमा त्रिशूल प्रकाशन हुँदै आएका छन् । नेपाली त्रिपदी लघुतम काव्यको व्यापिकरणका लागि ‘त्रिशूल’ काव्य स्वादिष्ट चटनीका रुपमा उपस्थित भएको छ । समयको मागसँगै स्रष्टा र ‘ष्टाको जनसंख्या दिनानुदिन बढ्दै जानेछ । त्रिशूल : त्रिपदीय काव्य उपविधा सैद्धान्तिक विमर्श र त्रिशूल काव्य सहितको कृति “अमोघ” प्रकाशित भइसकेको छ । लेखकसँग सम्पर्क गरी पुस्तक निःशुल्क लिन सक्नु हुनेछ । यसो भएपछि त त्रिशूल लेख्न सकिहाल्नु हुन्छ नि !
(लेखक त्रिशूलका परिकल्पनाकार समेत हुन् ।)
(सन्दर्भ : त्रिशूल काव्यको चौथो परिकल्पना वर्ष)