Shittalpati
शैक्षिक र भौतिक विकासका लागि बहस चलाऔं : सांसद राना

पाल्पा, लुुम्बिनी प्रदेश सांसद तथा पूर्वमन्त्री वीरबहादुर रानाले शैक्षिक र भौतिक विकासका लागि बहस चलाउनुुपर्ने बताएका छन् । आइतबार तानसेनस्थित मोहन कन्या माध्यमिक विद्यालयको ७४ औं वार्षिक उत्सव तथा अभिभावक समारोहलाई सम्बोधन गर्दै उनले समग्र शैक्षिक र भौतिक विकासका लागि शैक्षिक बहस चलाउन आवश्यक रहेको बताएका हुन् ।

 विद्यालयको शैक्षिक र भौतिक विकासका लागि बहस चलाएर खाका तयार गर्न सांसद रानाले विद्यालयलाई आग्रह गरे । उनले भने ‘ विद्यालयको वार्षिक उत्सव शुुभकामना दिने कुुरा मात्र हैन, आज एउटा शैक्षिक बहस चलाउने दिन पनि हो । विगतमा हामी कहाँ थियौं, वर्तमानमा कहाँ छौं र भविष्यमा के गर्ने भन्ने कुरामा बहस चलाउने दिनका रुपमा वार्षिक उत्सवका रुपमा हामीले लिनुपर्छ ।’ विद्यालयमा अझै पनि छात्रावासको जिर्ण अवस्थामा रहेको र विद्यालयले भौतिक रुपमा पूर्णता पाउन नसकेको अवस्थामा विद्यालयले बहस चलाएर एक किसिमको खाका तयार गरी अगाडि बढ्न सांसद रानाले आग्रह गरे । उनले ‘अब विद्यालयलाई जीवनपर्यत्न रुपमा अगाडि बढाउन के कस्ता योजना बनाउने भन्ने विषयमा चिन्तित हुनुुहोस्, विद्यालयको शैक्षिक र भौतिक विकासका लागि यहाँ के आवश्यक छ, शिक्षा कस्तो बनाउने  भन्ने एक किसिमको खाका बनाउनुुुहोस् , म त्यसका लागि प्रदेश सरकारमा पहल गर्छु ।’ सांसद रानाले अब युुग सुुहाउँदो शिक्षा अहिलेको आवश्यकता रहेको समेत बताए । देशको समृद्धि र विकासको आधार नै समय सुहाउँदो शिक्षा आवश्यक रहेको उल्लेख गर्दैै त्यसतर्फ धयान दिन जरुरी रहेको उनले उल्लेख गरे ।

सांसद रानाले विद्यार्थी आकर्षण गर्नका लागि पनि गुणस्तरीय र  समय सुुहाउँदो शिक्षा अहिलेको आवश्यकता रहेकाले त्यसतर्फ विद्यालयले सोच्नुुपर्ने बताए । उनले भने, ‘लामो समय सामाजिक क्षेत्रमा सक्रिय विधान श्रेष्ठ जस्तो व्यक्ति विद्यालयको जिम्मेवारीमा हुनुुहुन्छ, पूर्व अध्यक्ष झपेन्द्र गहिरे जस्ता पूर्व नेतृत्वहरुले खेलेको भूमिका प्रशंसनिय छ । अब समय सुहाउँदो शिक्षा दिन वार्षिक उत्सवको अवसरमा विद्यालयले प्रण लिन आवश्यक छ ।’ लुुम्बिनी प्रदेशका अर्का सांसद इन्द्र गहतराजले पनि विद्यालयको शैक्षिक र भौतिक विकासका लागि प्रदेश सरकारसँग लविङ गर्ने बताइन् । विद्यालयकी पूर्व शिक्षक समेत रहेकी गहतराजले विद्यालयले विगतदेखि अहिलेसम्म भोग्दै आएका आरोह अवरोहका बारेमा उल्लेख गरेकी थिइन् । कार्यक्रममा नेपाली काँग्रेसका लुुम्बिनी प्रदेश सदस्य कृष्ण प्रसाद अधिकारी, नेपाली काँग्रेसका जिल्ला उपसभापति झपेन्द्र गहिरे, नेकपा एमाले तानसेन नगरका अध्यक्ष गुुराँस आत्रेय, पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा,  वडा सदस्य हरीबहादुर कार्की, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, तानसेन नगरपालिकाकी शिक्षा  शाखा प्रमुख कपिला न्यौपाने, विद्यालयका पूर्व प्रअहरु केशव लक्ष्मी श्रेष्ठ, देवप्रसाद बज्रचार्य लगायतले विद्यालयको सफलताको शुुभकामना व्यक्त गरेका थिए  कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विधानप्रसाद श्रेष्ठले भावी योजना प्रस्तुत गर्दै  विद्यार्थी  संख्या वृद्धि गर्ने, शैक्षिक गुणस्तर वृद्धि गर्ने, आधुनिक छात्रावास निर्माण गर्ने, चमेना गृह निर्माण गर्ने योजना अगाडि सारेको बताए । उनले विद्यालयमा २५ हजार ५ सय २५ कोअक्षयकोष समेत स्थापना गरेका छन् । विद्यालयका प्रधानाध्यापक दीपकप्रसाद ज्ञवालीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै दुई करोड  बन्दा बढीको आयब्यय पेश गरे । उनले सबैको सहयोग र साथका कारण नै स्कुलले ७४ वर्ष मनाउन सफल भएको भन्दै सबैलाई धन्यवाद दिए । सोही अवसरमा  एक लाख १५ हजार बराबरको छात्रावृत्रि समेत वितरण गरिएको र  परीक्षामा उत्कृष्ट अंक ल्याई विद्यार्थी पास गराउन सफल  १० जना शिक्षकहरुलाई सम्मान समेत गरिएको विद्यालयकी शिक्षक मन गहिरेले जानकारी दिइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विधानप्रसाद श्रेष्ठको अध्यक्षता, शिक्षक चोला प्रसाद ज्ञवालीको स्वागत, शिक्षक गोपाल बस्यालको धन्यवाद ज्ञापन र शिक्षक रिना श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update