Shittalpati
रामपुरमा स्कुटर दुुर्घटना हुँदा चालकको मृत्युु

पाल्पा, जिल्लाको रामपुरमा स्कुुटर दुर्घटना हुँदा चालकको मृत्युु भएको छ । सोमबार विहान रामपुर नगरपालिका –१० बर्दलेस्थित कालिगण्डकी करिडोर पक्कि सडक खण्डमा बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु ४४ प २४३९ नम्बरको स्कुटर  दुुर्घटना हुँदा रामपुर–१० गेझाका ४० वर्षीय यमबहादुर खरु मगरको मृत्युु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि रामपुर अस्पताल लगिएकोमा चेक जाँचपछि डाक्टरले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।   

स्कुुटर आफै अनियन्त्रित भई सडक किनारमा रहेको डिभाईडरको पोलमा ठोकिन गई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update