Shittalpati
सहकारी सम्बन्धी छानबिन समितिको म्याद थप

पाल्पा, सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको म्याद थपिएको छ । प्रतिनिधिसभाले समितिको म्याद १५ दिन थपेको हो ।

समितिका संयोजक सूर्य थापाले प्रतिनिधिसभामा पेस गरेको म्याद थपसम्बन्धी प्रस्ताव मंगलबार बहुमतले पारित भएको छ । सभामुख देवराज घिमिरेले समितिको म्याद १५ दिन थपिएको घोषणा गरे । रातदिन र बिदाको दिन काम गर्दासमेत छानबिन बाँकी रहेकाले संयोजक थापाले म्याद थपसम्बन्धी प्रस्ताव पेस गरेका थिए । २०८१ जेठ १५ मा प्रतिनिधिसभाले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन गरेको थियो । समितिमा ७ सांसद रहेका छन् ।

कार्य प्रारम्भ गरेको दिनदेखि ३ महिनाको कार्यकाल रहेको समितिको म्याद भदौ २२ गते सकिन लागेको थियो । तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले तत्कालीन गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समिति बनाउन माग गरेको थियो । प्रमुख तीन दलको सहमतिपछि गत संसदीय छानबिन समिति गठन भएका थियो ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update