Shittalpati
तिनाउ खोलामा शव फेला

पाल्पा, जिल्लाको माथागढी गाउँपालिका– ३ बेलटारीस्थित तिनाउ खोलामा एक पुुरुषको शव फेला परेको छ । बुधबार तानसेन नगरपालिका –९ का ५६ वर्षीय मानबहादुर कुमालको शव फेला परेको हो ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै अस्थायी प्रहरी पोष्ट माडिफाँटबाट प्र.स.नि. र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । घटनाको विषयको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update