Shittalpati
पोखरीमा डुबेर तीन जनाको मृत्यु

पाल्पा, धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ कुम्हरौरास्थित पोखरीमा डुबेर ३ जना बालकको  मृत्युु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पोखरीमा डुबेर सोही ठाउाँ दिलिप साहको छोरा ७ वर्षीय आयुस कुमार साह, सबैला नगरपालिका–१ का परशुराम साहको छोरा १२ वर्षीय सुशान्त प्रसाद साह र महोत्तरी बर्दिबास नगरपालिका–६ बस्ने सरोज कुमार साहको छोरा ९ वर्षीय आदित्य साहको मृत्यु भएको हो ।

डुबेर अशक्त भएका आयुष र आदित्यको सेन्ट्रल अस्पताल लक्ष्मीनियामा उपचारको क्रममा मृत्यु भएको हो भने सुशान्तको जानकी हेल्थ केयर जनकपुर हुँदै प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update