Shittalpati
शैक्षिक गुणस्तरमा ध्यान दिऔं : मुख्यमन्त्री आचार्य

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिकामा रहेको ज्योती भविश्वर बहुमुखी क्याम्पसको स्थलगत अनुगमनमा पुगेका उनले सामुदायिक क्याम्पसहरुलाई शैक्षिक गुणस्तर सुधार ध्यान दिन आग्रह गरेका हुन् ।

मुख्यमन्त्री आचार्यले विद्यालय तथा क्याम्पसस्तरको शैक्षिक गुणस्तर खस्कदै गएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले भौतिक संरचना सुुधार भन्दा पनि शैक्षिक गुणस्तर सुधारतर्फ विशेष चासो देखाउनुपर्ने बताए । मुख्यमन्त्री आचार्यले  भने ‘भौतिक संरचना सुधार हुन्छन् , बन्दै जान्छन् । तर, शैक्षिक गुणस्तर खस्कियो भने सुधार गर्न गाह्रो हुन्छ । ’

गाउँकै स्कुल र कलेजमा शैक्षिक गुणस्तर राम्रो बनाउनुपर्ने र छोराछोरी पढाउनकै लागि सहरमा डेरा गरी बस्न, बसाइँसराई गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्नुपर्नेमा स्कुल व्यवस्थापन समिति, क्याम्पस सञ्चालक समिति र शिक्षक सबै लाग्नुपर्ने उनले बताए ।

लुम्बिनी प्रदेश सरकारले क्याम्पसको भवन निर्माणका लागि आर्थिक वर्ष २०७६/०७७ मा ५० लाख बजेट विनियोजन गरेको थियो । सो बजेटबाट क्याम्सको भौतिक पूर्वाधार निर्माणको काम अघि बढेको छ । सोही भवनमा तला थप्न र कक्षा कोठा निर्माण गर्न विश्वविद्यालय अनुदान आयोगबाट समेत ४६ लाख ७१ हजार बजेट प्राप्त भएको थियो । अहिले क्याम्पसमा पठनपाठनको लागि कक्षा कोठाको अभाव नभए पनि बाँकी पूर्वाधार निर्माण गर्न प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्ने क्याम्पस प्रमुख विष्णु भट्टराईले बताए । प्रदेश सरकारले क्याम्पसलाई आवश्यक पर्ने पूर्वाधारहरुमा लगानी गर्ने प्रतिबद्धता मुख्यमन्त्री आचार्यले व्यक्त गरे । 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update