Shittalpati
आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

बुटवल, लुम्बिनी प्रदेश सरकारले महिलाहरूको पर्व हरितालिका तिजको दिन आज (शुक्रबार) सार्वजनिक बिदा दिएको छ ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले एक विज्ञप्ति सार्वजनिक गर्दै हरितालिका तिजको अवसरमा सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८०/१२/२० गतेको निणर्यानुसार मिति २०८१/०५/२१ गते शुक्रबारका दिन हरितालिका (तिज) व्रतको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update