Shittalpati
सुनको मूल्य हालसम्मकै उच्च, एक लाख ५३ हजार पुग्यो

पाल्पा, नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । हिन्दु नारीहरुको महत्वपूर्ण पर्व हरितालिका तिजको रमझम चलिरहेको बेला सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला एक हजार तीन सयले वृद्धि भएको छ । विहीबार प्रतितोला एक लाख ५२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबारका लागि एक लाख ५३ हजार तीन सय निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा ३० ले वृद्धि भएको छ । विहीबार तोलामा एक हजार सात सय ६५ मा कारोबार भएको चाँदीको मूल्य भने एक हजार सात सय ९५ निर्धारण भएको छ ।

सुनको भाउले अझै बढ्ने क्रम जारी छ । अन्तर्राष्ट्रिय बजारमा एकपछि अर्को उचाइ लिएको सुनले नेपालमा पनि नयाँ कीर्तिमान बनाइरहेको छ । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग र आपूर्ति बढी प्रभावित हुन्छ, मूल्य पनि उच्च दरमा घटबढ हुन्छ । यतिबेला अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिबीच सुनको माग उच्च दरले बढ्दा मूल्यमा असर परिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुको प्रमुख कारण नै अमेरिकाले ब्याजदर कटौती गर्ने सुनिश्चितता गर्नु हो ।

सुनको मूल्य बढ्दा नेपालबाट बाहिरिने विदेशी मुद्रा बढ्न जान्छ । विदेशी मुद्रा सञ्चिति घटेका बेला यसले नकारात्मक असर पार्न सक्छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update