पाल्पा, हरितालिका तिजको भोलीपल्ट । देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव स्परुप यो पर्व मनाउने गरिन्छ ।
विनायक चतुर्थी र चौथीचाँद समेत भनिने गणेश चतुर्थीका दिन अस्थाई मन्दिर वा पण्डालमा भगवान गणेशको मुर्ती स्थापित गरेर पुजा अर्चना गर्ने चलन छ । पुजाअर्चना पछि गणेशको मुर्तीलाई नदी, ताल तलाउमा विसर्जन गरिन्छ । शुक्ल चतुर्थीदेखि अनन्त चतुदर्शीसम्म गणेशको १० दिन सम्म पुजा गर्ने परम्परा छ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त भएको छ । हरितालिका (तिजको व्रत) पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको हो ।
भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले आज जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख गरिएको छ । मंगल चतुर्थीसमेत भनिने आजका दिन देशभरका गणेश मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ । नेवार समुदायले आजको दिनलाई चथा पर्वका रुपमा मनाउँछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन रहेको छ । यस्तै आज राष्ट्रिय धर्मसभा दिवस पनि मनाईदैछ । तिजपछिको गणेश चतुर्थीको दिन हरेक वर्ष राष्ट्रिय धर्मसभा मनाउने चलन रहेको छ । नेपाली संस्कारमा वैदीक सनातन अभ्यास, पहिचान, वैदिक चलन, अन्य धर्म संस्कृतीको रक्षार्थ धर्मसभाले पञ्चांग निर्णाय समितिको नजिक रहेर कार्य गर्ने तथा हरेक वर्ष पात्रोमा चाड, तिथि समावेश गराउने कार्यको पहरेदारी गर्ने गर्दछ ।