Shittalpati
तिजकै बेला छुुट्टाछुुट्टै घटनामा चार जनाको मृत्युु

गुल्मी, तिज मनाइरहेका बेला गुल्मी र बागलुङमा भने छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । गुल्मीमा एक जना र बागलुङमा ३ जनाको मृत्यु भएको हो ।

गुल्मीमा एक जना महिला मृत फेला परेकी छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर– १ निवासी ८५ वर्षीया ढलकुमारी घिमिरे बडिगाड खोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घिमिरे गत भदौ ११ गते कसैलाई केही नभनी घरबाट हिँडेको र मृत फेला परेको परिवारका सदस्यहरुको भनाइ छ । परिवारका सदस्यहरुले नै मृत फेला परेपछि प्रहरीलाई जानकारी गराएका थिए । घिमिरेको शव मुसिकोट नगरपालिका वडानम्बर–४ दिगामचौर स्थित बडिगाड खोला छेउ पानीमा घोप्टो अवस्थामा फेला परेको थियोे ।

यस्तै बागलुङको ढोरपाटनमा बान्द्रे खोलामा आएको बाढीले बगाएर तीन जनाको ज्यान गएको छ । बिहीबार राती १२ बजे आएको बाढीले सोही वडाको कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर बगाएको थियो । मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ नगरपालिका –४ बान्द्रे  अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा, २२ वर्षीय अविशेक रेग्मी  र २० वर्षीय कमल सापकोटाको ज्यान गएको हो । कमलको शव घटनास्थलभन्दा पाँच सय मिटर तल र अर्जुन र अविशेकको घटनास्थलदेखि दुई सय मिटर तल फेला पारिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनीहरुको शवलाई पोष्टमार्टका लागि धौलागिरि अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । चार वटै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update