Shittalpati
मौलिकता जोगाउँदै तानसेनका चेली

हरितालिका तिज पर्वको अवसरमा शुक्रबार पाल्पाको सदरमुकाम तानसेनस्थित कैलाशनगरमा माछापुुच्छे्र  टोलविकास संस्थाको आयोजना र ऐतिहासिक भगवती मन्दिर परिसरमा भएका छुट्टाछुट्टै मौलिक तिज गीतमा नृत्य गर्दै महिलाहरू ।

यहाँ दिदीबहिनीहरु सामूहिक भेला भएर तिजको सांस्कृतिक महत्व र परम्परा झल्काउने गीत गाउँदै नाँचेका थिए । चेलीहरुले ‘तिजमा आमा नहुने छोरीको वेदना’ र सासुु बुहारीका विषयमा मनै रुवाउने बोलका तिजगीत गाएर नाचगान गरे । तिजका बेला उटपट्याङ र छाडा गीतको बाहुल्य बढ्दै गएको समयमा यहाँका चेलीले तिजको मौलिक भाका र गीत संरक्षणको राम्रो प्रयास गरेका छन् ।  तस्बिर : सीमा भट्टराई/एनजेडी

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update