Shittalpati
ऊ

✍️ बिमला पाण्डे

तिमी बोल्दा सोचेर बोल्ने गर
घोचेर होईन,

ऊ सफल होस् वा नहोस् भनि रहनु जरूरत छैनँ ।
उसका पनि बाआमा छन्

जिम्मेवारी छ, सपना छ,
अनेकों पिडाहरूसँग जुध्दै छ ऊ,

तिम्रो सानो बोलिले उसले मनमा इख लिन सक्छ,
त्यतैतिर हराउँनसक्छ,

को हौ तिमी उसको असफलताको परिचय दिने,
आफैँ भोगिरहेछ परिस्थितीसँग लडिरहेछ,

के थाहाँ उसको पनि दिन फिर्न सक्छ , 
समयको फेर बदलि न हो जिवन तिमी पुगेको ठाउँमा एकदिन ऊ पनि पुग्न सक्छ ।

तिमी हौसला बन्नु कसैको कमजोरी होईन्,
सके सान्तवना दिनु गिराउँन नखोज्नु ,

के तेरो के मेरो जन्म मरण बिचको सम्झौतामा हो जिवन जसरि चल्छ चल्न दिनुपर्छ ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update