कविता
‘अपरिचित’
नित्यानन्द पाण्डे
फेक मान्छेहरु
म सँग आउँछ हाँस्छ हिमाल झैँ
उ सँग जान्छ रुन्छ त्यही कुरामा
फेक मान्छेहरु...
मलाई हाँसो साच्चिकै लाग्यो
झरेको आँसु साँचो नलाग्ने कुरै भएन
उसलाई
कथनिको मिठास सम्झिए र हस भन्दिए
करनीको यथर्थताको घाउ
आज पनि ताजै छ ।
फेक मान्छेहरु...
उसले भन्यो केही थाह छैन्
मलाई थाह छ उ त्यही विषयको
प्राध्यापक हो
त्यो ठाउँ गएकै छैन् उसले भन्यो
त्यहिको सेल्फी भाईरल भएछ फेसबुकमा
फेक मान्छेहरु...
देखेकै झुट सावित हुने यहाँ
फेरी गरेको बाचा हस कसरी भनौं म
फेक मान्छेहरु ।
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१
प्रतिक्रिया दिनुहोस्